आठौं विराट गोल्डकप : उपाधि जित्नेमा घरेलु टोली सांग्रीला र मच्छिन्द्र आत्मविश्वासी

 न्यूज विराट
आठौं विराट गोल्डकप : उपाधि जित्नेमा घरेलु टोली सांग्रीला र मच्छिन्द्र आत्मविश्वासी

विराटनगर | आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र एफसि काठमाण्डौ र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।

विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ ।

सांग्रीलाले इटहरी गोल्डकपको च्यम्पियन चर्च ब्वाईज युनाइटेड र पाहुना टोली भुटानको आरटिसि एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । सांग्रीलाले क्वाटरफाइलनमा भुटानको आरटिसिलाई ३–० गोलले र सेमिफाइनलमा चर्च ब्वाइजलाई सडनडेथमा ४–३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।
विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको मच्छिन्द्रले क्वाटरफाइनलमा कोलकाताका साउर्थन समिति २–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा मच्छिन्द्रले सिक्किम ड्रागान भारतलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

सांग्रीलाले लिग बिजेता र इटहरी गोल्डकपको च्यम्पियन भएको सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले खेलाडीमा मनोबल उच्च देखिन्छ । घरेलु टोलीले तेस्रो पटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्याएको हो ।

यसअघि २०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपबिजेता भएको थियो । त्यसबेलाको पहिलो उपाधि भारतको कलकत्तोले गोल्डकपको उपाधि जितेको थियो । २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । गत वर्षको सातौं संस्करणमा विराटनगर सिटीले गोल्डकपको उपाधि जितेको थियो । पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई फाइनलमा पराजित गर्दै विराटनगर सिटीले उपाधि हात पारेको थियो । त्यसपछि आठौं संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो ।

विराटनगरमा शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।


मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आठौ संस्करणको विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सँगै सिजनको तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्यको साथ खेलाडी मैदान उत्रिनेछन्,’ उनले भने, ‘यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितिसकेका छौं ।’ यो सिजनमा तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएर आएको उनले बताए । ‘उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने,’ दुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को शनिबार हुन्छ ।’ उनले खेलको सुरुवातदेखि आक्रमण रणनीतिमा खेलाडी मैदानमा उत्रिने बताए । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पहिलो पटक फाइनल पुगेकोले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको उनले बताए । नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाई छ । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने ।

सांग्रीलाका प्रशिक्षक रानु रानामगरले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘मच्छिन्द्र राम्रो टिम हो । अनुभवी खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौ,’ उनले भने, ‘हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’ फाइनल भन्दा अगाडी जसरी हाम्रो खेलाडी खेल खेलेका थिए, त्यही अनुरुप प्लान गरेर फाइनल खेल्ने बताए । उनका अनुसार सांग्रीलाले ४–४–२ को रणनीतिमा खेल्ने बताए । अधिकांश ‘ए’ डिभिजन क्लबका अनुभवी खेलाडी समेट्नुका साथै राम्रो तालमेल भएकाले च्याम्पियन बन्नेमा ढुक्क रहेको उनले बताए ।
सांग्रीलाका कप्तान अभिषेक लिम्बुले होम ग्राउण्डमा घरेलु दर्शकको साथ सहयोग र हामीले उत्कृष्ट खेल प्रर्दशन गर्ने भएको कारणले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे । ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशाबादी छौं,’ उनले भने, ‘अघिल्ला खेलको कमीकमजोरी सुधारेर प्रदर्शन गर्ने र च्याम्पियन बनेरै छाड्नेछौं ।’ लिग बिजेता चर्च ब्वाइज र पाहुना टोली भुटान टिमलाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क रहेको उनको भनाई छ ।

चैत १५ देखि २४ गतेसम्म संचालन हुने प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि रहेको विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

सम्बन्धित समाचार

वीपीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

विराटनगर, ६ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका एक कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ । धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार दिउँसो निधन भएको हो । स्वास्थ्य...

छैटौं संस्करणको विराट गोल्डकप चैतमा

विराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट हुने भएको छ । विराट गोल्ड कप फुटबल ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी चैत ६ देखि १४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको...

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबलद्वारा विविध कार्यक्रम

विराटनगर, ३१ भदौ । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबल नेपालले देशभरि विभिन्न कार्यक्रम गरेको छ । राउण्ड टेबलले विभिन्न खेलकुदका अतिरिक्त, चित्रकला प्रतियोगितासमेत विद्यार्थी माझ सम्पन्न गरेको छ । दिवसकै अवसरमा विद्यार्थीहरुलाई...

इलाममा ग्याँस अभाव

विराटनग, चैत ९–उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले ग्यास बिक्री वितरणलाई सहज नबनाए बल प्रयोग गर्ने चेतावनी दिइरहँदा पूर्वी पहाडी जिल्लामा भने ग्यासको अभाव भएको छ । केही दिनदेखि बजारमा उपभोक्ताले सहज रुपमा खाना...

खोटाङको बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ । रोजी हिरा फाउन्डेसन र प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले खोटाङको केपिलासगढी गाउँपालिकास्थित वडा नं ३ बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार...

नेकपाले कार्यदलबाटै विवाद समाधान गर्ने

काठमाडौं, १ भदौ-महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलबाटै समाधान खोज्ने निष्कर्ष निकाल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । सोमबार बिहान बालुवाटार बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको इच्छाअनुसार...

विराट मेडिकल कलेज प्रशासकिय अधिकृतसहित दुई जना पक्राउ

विराटनगर, १३ माघ । फर्जी कर्मचारी देखाएर मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको लाखौं रुपैयाँ अपचलन गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित दुई जना पक्राउ परेका छन् । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय...

दलहरूको सहमतिमै एमसीसी संसदबाट पारित हुन्छ: गृहमन्त्री खाँण

काठमाडौं, १६ पुस । गृहमन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने बताएका हुन् । एमसीसी देश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्