विराट मेडिकल कलेज प्रशासकिय अधिकृतसहित दुई जना पक्राउ - News Birat

विराट मेडिकल कलेज प्रशासकिय अधिकृतसहित दुई जना पक्राउ

न्यूज विराट

विराटनगर, १३ माघ । फर्जी कर्मचारी देखाएर मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको लाखौं रुपैयाँ अपचलन गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित दुई जना पक्राउ परेका छन् ।

विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत जनकपुर ८ घर भइ विराटनगर बस्दै आएका ४२ वर्षिय सुधिर सिंह राठौर र कम्प्युटर शाखाका सुनसरीको देवानगन्ज गाउँपालिकाका २० वर्षिय राजनारायण चौधरी मंगलबार पक्राउ परेका हुन् ।

राठौर करिब चार वर्षअघिदेखि विराट मेडिकल कलेजमा कार्यरत छन् । उनले अस्पतालमा जागिर खान आवेदन दिएका पाँच जना व्यक्तिहरूको नागरिकता प्रयोग गरि लाखौं रुपैयाँ अपचलन गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles