खोटाङको बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

 न्यूज विराट
खोटाङको बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ । रोजी हिरा फाउन्डेसन र प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले खोटाङको केपिलासगढी गाउँपालिकास्थित वडा नं ३ बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार एक कार्यक्रमका बिच आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की र फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधानले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा प्रदेश १ सरकारका तर्फबाट एक थान अक्सिजन कन्ट्सन्टेटर र फाउन्डेसनका तर्फबाट, जीवनजल, मास्क, एन्टिजेन किट, सेनीटाइजर, फेस सिल्ड, कन्डम, पिल्स एमोक्सीन ट्याब्लेट लगाएत १० लाख भन्दा बढी मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण भएको छ । विद्युतीय माध्यमबाट चल्ने अक्सिजन कन्ट्सन्टेटर मेशिनले बिरामी परेका बेला कसैको ज्यान जोगिन सक्ने मन्त्री कार्कीले बताउनुभयो ।

एनआरएनएकी पूर्व उपाध्यक्ष तथा हाल अध्यक्ष पदको प्रत्यासी समेत रहनुभएकी फाउन्डेसनकी अध्यक्ष प्रधानले आफ्नो कर्म जिल्लामा स्वास्थ्य जस्तो संवेदनशील विषयमा सामग्री हस्तान्तरण गर्न पाउँदा हर्षित भएको बताउनुभयो । आफू युकेमा भए पनि आफ्नो ठाउँको हरेक क्रियाकलापमा आफूहरूको सहभागिता रहने प्रधानको भनाई छ । उहाँले भन्नुभयो, ‘म काठ्माण्डौकी छोरी, मेरो कर्म जिल्ला हो यो ठाउँ, अहिले युकेमा बसेर पनि हामीले नागरिकका लागि हर सहयोग गरिरहेका छौँ । यहाँका नागरिकले सद्भाव जनाइरहनुभएको छ । हाम्रो तर्फबाट यहाँका हरेक विषयमा सहयोग रहने छ । त्यसमाथि सरकारको पनि सहभागिता रहेकोले हामी उत्साहित बनेका छौँ ।’

गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले फाउन्डेसनले गरेको सहयोगले विकासमा नयाँ आयाम थपेको बताउनुभयो । ‘हामी जनप्रतिनिधि भएपछि धेरै कामहरू गरिरहेका छौँ, यस्ता सङ्घ संस्थाको समेत सहयोग जुट्यो भने यो विकट ठाउँ सुगम बन्ने छ । उहाँले भन्नुभयो ।’

कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले सङ्घीयता लागु भएपछि प्रदेश सरकार गाँउ ठाँउमा नआए पनि अहिले बनेको सरकार गाँउ गाँउमा देखिन थालेको बताउनुभयो । फाउन्डेसनले गरेको कामको प्रशंसा गर्दै सामाजिक संघ सस्था सँगै सरकार पनि यसैगरी गाँउगाँउमा पुगेर नागरिकका समस्या बुझेर समस्याका समाधान गर्नुपर्ने उहाँले बताउनुभएको छ ।

विकासका काममा सबै जुटौँ : मन्त्री कार्की
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री कार्कीले विकासका काममा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । ‘हामी नेतालाई भ्रष्टाचारी भन्दै गाली गछौं, तर हामी आफै पनि विचार गरौँ त, विकासका नाममा एक ट्याक्टर ढुङ्गा आए पनि हामी आफै राख्न खोज्छौँ, अनि हामी चैँ भ्रष्टाचारी हैन र ?’ उहाँले आफ्नो ठाउँको विकासका लागि आफै जुटेमा दुर्गम गाउँ सुगम बन्ने बताउनुभयो । ‘यसका लागि सरकार हातेमालो गर्न तयार छ । सरकार त्यसै पनि जनताको सेवक हो । उहाँले भन्नुभयो, अहिले सबै अधिकार प्रदेशकहाँ अझैँ आई नसकेकाले समस्या भइरहेको छ ।’

कार्यक्रमको सभापतित्व वडा नं ३ का वडा अध्यक्ष खगेन्द्र बहादुर गुरुङले गर्नुभएको थियो भने, कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिरा कुमारी वन गिरि, वासपानी स्वास्थ्य शाखाका प्रमुख लक्ष्मी कार्की सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

बेरुत विस्फोट : नेपाली सकुशल

काठमाडौं, २२ साउन-लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ ।यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेवनान सरकार...

काठमाडौं महानगरद्वारा चिकित्सक संघलाई १ हजार थान ज्याकेट सहयोग 

काठमाडौं, १७ जेठ-भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका खटिरहेका चिकित्सकलाई काठमाडौं महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र...

शिक्षादीप कलेजले मनायो विज्ञान दिवस, उत्कृष्ट विद्यार्थीले पाए पुरस्कार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एघारौँ विज्ञान दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कलेज परिसरमा आइतबार भव्य कार्यक्रम आयोजना गरी विज्ञान दिवस मनाएको हो ।दिवसको अवसर पारेर विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत...

गुमेको भूभाग फिर्ता लिने प्रकियाको नयाँ चरणमा आयौँ : प्रचण्ड

काठमाडौं, ३१ जेठ-सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुमेको भूभाग फिर्ता लिने सम्वन्धमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । शनिबार नेपालको गुमेको भू-भाग राखेर निशान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधनको दोस्रो...

सप्तरीमा एकै पटक ३७ प्रहरीसहित ५३ जनामा कोरोना पुष्टि

सप्तरी, १ असोज-जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरीसहित ५३ जना आज कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरी र सोही कार्यालयमा सरसफाई गर्ने...

ढुंगाले किचेर १ जनाको मृयु

विराटनगर, १६ मंसिर । संखुवासभा चिचिला गाँउपालिका ३ सोलाखानी स्थितमा ढुंगाले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अरुण तेस्रो जलबिधुत आयोजनामा काम गर्ने कामदार भारत मध्य प्रदेश का ४५ बर्षिय मुगेरी लाल...

देशमा हत्याहिंसाको विकराल कालखण्ड फर्काउने कोसिस : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोसिस भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । काठमाडौंको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा ज्येष्ठ नागरिक आवाश गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट...

रैथानी एकता परिषदद्वारा विराटनगरका युवाहरुबिच अन्तरकृया

विराटनगर, १५ फागुन । रैथानी एकता परिषद प्रदेश १ कमिटिले रैथानिक विषयमा विराटनगरका युवाहरु बीच अन्तरक्रिया कार्यक्रम गरेकोे छ । विराटनगर आयोजित कार्यक्रममा रैथानीहरु परापूर्वकालदेिख नेपालमा बसोवास गर्दै आइरहेको विषयमा केन्द्रित रहेर युवाहरु बीच अन्तरक्रिया...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्