
विराटनगर, ६ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका एक कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ । धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार दिउँसो निधन भएको हो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई शुक्रबार राति प्लाज्मा थेपारी गरिएको थियो । थेरापीपछि स्वास्थ्यमा सुधार देखिएको भएपनि शनिबार उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।