राशिफल

इलाममा ग्याँस अभाव

 न्यूज विराट
इलाममा ग्याँस अभाव

विराटनग, चैत ९–उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले ग्यास बिक्री वितरणलाई सहज नबनाए बल प्रयोग गर्ने चेतावनी दिइरहँदा पूर्वी पहाडी जिल्लामा भने ग्यासको अभाव भएको छ । केही दिनदेखि बजारमा उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास नपाएपछि सोमबार ग्यास उद्योगीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री भट्टले यस्तो चेतावनी दिए पनि उपभोक्ताले ग्यास पाउनै सकेका छैनन् । मन्त्री भट्टले ग्यास उद्योगीले सहयोग नगरे प्रहरी तथा सेनासमेत परिचालन गर्न सक्ने चेतावनी ग्यास उद्योगीलाई दिएका थिए ।

पूर्वी पहाडी जिल्लामा यतिबेला खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । भारतबाट पर्याप्त मात्रामा ग्यास नआएको भन्दै पहाडी बजारहरुमा ग्यास अभाव भएको हो । बजारमा ग्यास अभाव भएपछि उपभोक्ताहरु मारमा परेका छन् । बिशेष गरेर कोठा बस्ने बिद्यार्थी, कर्मचारी लगायतलाई समस्या भएको छ । होटलमा खाना, खाजा, चिया खान आउने सेवाग्राहीहरुलाई पनि फर्काउनु पर्ने स्थती आउने भन्दै यसतर्फ सम्वन्धित निकार्यको ध्यान जान आवश्यक रहेको इलामका होटल ब्यवसायी पुन्य नेपालले बताए ।

सहज रुपमा ग्यास आपूर्ति नहुँदा बजारी क्षेत्रमा बसोबास गर्ने स्थानियलाई समस्या भएको छ । सरकारी निकायबाट बजारमा ग्यासको अभाव नभएको भन्ने गरेपनि बजारमा ग्यास पाउने छोडेको छ । यसले गर्दा समस्या भएको छ । पुरानो सिलिन्डर बुझाएको १५ दिन बित्दा पनि ग्यास पाउन समस्या हुँदा उपभोक्ता परेको स्थानिय बालकुमार पोखरेलले बताए ।

ग्यास अभाव हुनुमा सबैभन्दा बढी दोषी उपभोक्ता नै भएको बिक्रेताहरुको भनाइ छ । कोरोना भाइरसको त्रासले उपभोक्ताले ग्यास भरेर घरमा राखेका कारण यस्तो समस्या आएको बताइएको छ । भाइरस भित्रिए भारतले नाका शिल गर्दै जाने र ग्याससमेत नपठाउने भएकाले उपभोक्ताले ग्यास आउने बित्तिकै लैजाने र स्टक गर्ने भएकाले यस्तो स्थिती आएको कोशी ग्यास डिलर इलामका माधव श्रेष्ठले दावी गरे । उनका अनुसार महिना दिनअघि मासिक १६ सयको हाराहारीमा ग्यास आउने गरेको थियो । तर अहिले २४ सयभन्दा बढी आउँदा पनि ग्यास हाहाकार हुनुमा उपभोक्ताकै कारण समस्या आएको उनले बताए ।

कोरोनाको कारण देखाएर बजारमा कुनै पनि वस्तुको अभाव हुनु हुँदैन । आमउपभोक्ताले जुनसुकै सामान सहज रुपमा खरिद गर्ने वातावरण बन्नुपर्छ । त्यसका लागि सरकारी निकायले बजार अनुगमन गरेर कालोबजारी गर्ने व्यापारीलाई कडाभन्दा कडा कारबाही गर्नु आवश्यक छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...