राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशीका खेलाडीलाई विदाई
आइतबार, १८ चैत, २०८०,
न्यूज विराट
विराटनगर । लुम्बिनीको नवालपरासीमा चैत्र २० गतेबाट सुरू हुने राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशी प्रदेशका खेलाडीहरुलाई विदाइ गरेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका आइतबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय कवडी प्रतियोगितामा भाग लिन जाने १२ जना खेलाडीहरुलाई विदाइ गरिएको हो ।
कोशी प्रदेशबाट कप्तान खगेन्द्र गुप्ता, मोहमद शहमद, अनिस यादव, किरण राजवंशी, उत्सव केसी, रोहित यादव, अशिम काजी, शैलेस राय, सुदिप मगर, पूजन चौधरी, देव प्रधान, अनुप दर्जीसहित टिमको मेनेजर उपेन्द्र यादव र प्रशिक्षक प्रलाद गुरुङ पनि गएका छन् ।
कवडी संघ कोशी प्रदेशको आयोजनामा उक्त प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विदाई गरे । कार्यक्रममा राष्ट्रिय खेलकुद परीषद्का पूर्व केन्द्रीय सदस्य किरण गिरी, कवडी संघ कोशी प्रदेशका अध्यक्ष भुवनेश्वर मण्डल, केन्द्रीय सदस्य उमालाल यादव, खेलकुदका रीता न्यौपाने र राधा आचार्यले फुलको माला र अविर लगाएर खेलाडीहरुलाई विदाइ गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परीषद्का पूर्व सदस्य किरण गिरीले खेलाडीहरुलाई पदक जितेर ल्याउन शुभकामना दिए । उनले पदक जित्दै राष्ट्रिय खेलाडी बन्ने तरिकाले प्रर्दशनी गर्न खेलाडीहरुलाई सफलताको शुभकामना दिए । राष्ट्रिय प्रतियोगिता खेल्न कवडीका खेलाडीहरु आइतबारनै लुम्बिनीतर्फ प्रस्थान गरेका छन् ।
जनकपुर, १९ असार-बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकामा दुई वडाका स्थानीयबीच झडप भएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । वडा नम्बर २ र ३ अर्थात दुहबी र गोबराहीका स्थानीयबीच...
विराटनगर । विराटनगरस्थित सास्थम कलेजमा बिएचम र बिबिएका विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले रत्ना होटलमा शुक्रबार एक कार्यक्रम आयोजना गरि बिएचमका ४६ र बिबिएका ३२ जना विद्यार्थीहरुलाई विदाइ गरेको हो । बिबिएका सन् २०१९...
विराटनगर, ४ असार-प्रदेश १ बाट बिहीबार ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९...
एजेन्सी, फागुन २९–रसियाको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ । पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ । राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा...
विराटनगर, १ साउन । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३,...
विराटनगर, ३१ वैशाख । प्रदेश १ को एक मात्र महानगर विराटनगरमा सत्ता गठबन्धनले सुरुवातदेखिनै अग्रता बढाउँदै लगेको छ । साँझ ७ बजेसम्म ३१०० मत गणना हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला १०३८...
विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् ।विराटनगरमा बिहीबारबाट सुरू भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् । राष्ट्रपति...
विराटनगर, १०-कात्तिकमोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान मेयर बगडीयालाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनाले विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गराएका थिए...