पुटिनको कार्यकाल लम्ब्याउन संविधान संशोधन

 न्यूज विराट
पुटिनको कार्यकाल लम्ब्याउन संविधान संशोधन

एजेन्सी, फागुन २९–रसियाको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ । पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ । राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ, तर नयाँ प्रस्ताव अनुसार उनी सन् २०२४ पछि अरु १२ वर्ष राष्ट्रपति हुन पाउने छन् । राष्ट्रपति पुटिनको नियन्त्रणमा रहेको तल्लो सदन स्टेट ड्युमामा भएको मतदानमा संविधान संशोधनको पक्षमा ३८३ मत र विपक्षमा शून्य मत परेको थियो ।

सदनमा ४३ जना अनुपस्थित रहेका थिए । संसदबाट स्वीकृत भएको संविधान संशोधनसम्बन्धी उक्त प्रस्तावमाथि आगामी अप्रिल २२ मा राष्ट्रव्यापी मतदान हुनेछ । उक्त कदमको विरोधमा रहेका व्यक्तिहरुले राष्ट्रपतिको कार्यको भत्र्सना गर्दै यसविरुद्ध प्रदर्शन गर्ने बताएका छन् । पूर्व केजीबी अधिकारी ६७ वर्षीय पुटिनले रसियामा सत्ता सम्हालेको २० वर्षभन्दा बढी भइसकेको छ । दुई पटक पूरै चार वर्षे कार्यकाल राष्ट्रपति भएपछि उनी सन् २००८ मा प्रधानमन्त्री बनेका थिए । पुटिनको स्थानमा उनकै विश्वासपात्र डिमित्री मेडभेडेभ राष्ट्रपतिमा छानिएका थिए।

तत्कालीन राष्ट्रपति मेडभेडेभको कार्यकालमा राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाइएको थियो । सन् २०१२ मा पुटिन फेरि राष्ट्रपति बने, र सन् २०१८ मा उनी पुनः ६ वर्षका लागि राष्ट्रपति चयन भए। ड्युमाले बुधबार पारित गरेको संविधान संशोधन प्रस्ताब बमोजिम राष्ट्रपति पुटिनले सन् २०२४ पछि अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न पाउने छन् ।

सम्बन्धित समाचार

गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

काठमाडौं , १ कात्तिक । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय...

त्रियुगा मस्जीदबाटै ल्याइएका विराटनगरका ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ

विराटनगर, बैशाख १२–उदयुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा कोरोना संक्रमितसँगै रहेका विराटनगरका एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको खुलेको छ । शनिबार कोरोना पोजेटिभ देखिएका व्यक्ति उदयपुरको मस्जिदबाटै ल्याइएका विराटनगर–१७ का ६५ वर्षिय पुरुष भएको खुलेको...

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३ पुग्यो

काठमाडौं, ३१ वैशाख -नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरूमा रुपन्देहीका...

काेराेनाबाट जाेगिन यस्ता छन् प्रधानमन्त्रीका ८ सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्नका लागि आमसर्वसाधारणलाई विभिन्न विधि अपनाउनका लागि आग्रह गरेका छन् । कतिपय व्यवहारहरू परिवर्तन गर्नुपर्ने अवस्था आउँदा पनि सम्भावित जोखिमबाट बच्नका लागि ती उपायहरू अवलम्बन गर्न आग्रह गरेका हुन् ।...

बीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, ६ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । सुनसरीको इनरुवा –१ का ८३ वर्षीय वृद्धको बिहीबार बिहान २ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशीष श्रेष्ठले जानकारी...

विराटनगरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, १४ असोज-असोज-मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय पुरूष रहेको केन्द्रका संयोजक चिकित्सक दीपक...

पासको दुरुपयोग : खाद्यान्न भन्दै ट्रकमा मदिरा ओसारपसार

डडेल्धुरा, ६ वैशाख-बैतडीमा मदिरासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मेलौली नगरपालिकामा मदिरासहित ट्रक प्रहरीले बरामत गरि नियन्त्रणमा लिएका हो । धनगढीबाट बैतडीको मेलौलीतर्फ जाँदै गरेको से १ ख १५४९ नं को ट्रक ४३...

इलाममा थप १७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

इलाम, १७ साउन-इलाममा सशस्त्र प्रहरीका १७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । ४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्