विराटनगरमा गठबन्धनका नागेश कोइरालाले मतान्तर बढाउँदै, उपमेयरमा एमालेकी कार्की अगाडी - News Birat

विराटनगरमा गठबन्धनका नागेश कोइरालाले मतान्तर बढाउँदै, उपमेयरमा एमालेकी कार्की अगाडी

न्यूज विराट

विराटनगर, ३१ वैशाख । प्रदेश १ को एक मात्र महानगर विराटनगरमा सत्ता गठबन्धनले सुरुवातदेखिनै अग्रता बढाउँदै लगेको छ ।

साँझ ७ बजेसम्म ३१०० मत गणना हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला १०३८ मतसहित अग स्थानमा छन् । उनका निककतम प्रतिद्वन्दी एमालेका सागर थापाले ७७४ र स्वतन्त्र उम्मेदवार उमेश यादवले २७७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने एमालेकी शिल्पा कार्र्की ८५३ मतसहित अग्र स्थानमा छिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अमरेन्द्र यादव ५४४ मतसहित कार्कीलाई पछ्याई रहेका छन् ।

माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेकी नमिता न्यौपाने उपमेयरमा १६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles