एच.पी.भी. विरुद्ध खोप अभियान सुरु, कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?
शनिबार, १० चैत, २०८०,
न्यूज विराट
विराटनर । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरू भएको छ ।
विश्व स्वास्थ्य संगठनले समेत पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी र सुरक्षित मानिएको गार्डसिल भनिने एचपीभी खोप पाइलटका रुपमा दिन सुरु गरेको हो ।
सरकारले सातैवटा प्रदेशमा सहज तवरबाट खोप वितरण गरिने जनाएको छ । चिकित्सकका अनुसार पाठेघरको मुखका कोषिकाको असामान्य वा अस्वभाविक वृद्धि हुनु पाठेघरको मुखको क्यान्सर हो । यो ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणका कारण हुने गर्दछ ।
एच.पि.भिले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्छ । नेशनल लाईबेरी अफ मेडिसिनले सार्वजनिक गरेको अनुसन्धान अनुसार ९९.७ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’को सङ्क्रमणले गर्दा हुने उल्लेख छ । ग्लोबल क्यान्सर अब्जर्भेटरीको पछिल्लो विवरण अनुसार फोक्सो क्यान्सरपछि दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर रहेको उल्लेख छ । ठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु हुने अध्ययनको दाबी छ ।
कलिलै उमेरमा यौनसम्पर्क तथा भाईरस संक्रमण यसको मुख्य कारक मानिन्छ । कम उमेरमा विवाह, यौन सम्पर्क,, बढी सन्तान जन्माउने, एकभन्दा बढी पुरुषसँग यौन सम्पर्क भएमा खानपीनमा ध्यान नदिने र कुपोषण भएका महिलाहरु यसको जोखिममा पर्ने गर्छन् । जनचेतनाको अभाव स्वास्थ्य सेवामा नहुँदा नेपालमा महिलाहरुमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहँदै आएको छ । ह्युमन प्यापिलोमा भाइरस एचपीभीका सयभन्दा बढी प्रकार छन । एचपीभी अर्थात गार्डसिल खोपले नौ प्रकारका एचपीभीबाट बचाउने चिकित्सकहरुको भनाई छ । यसले एच.पि.भि.खोपले संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने विश्वास लिइएको छ ।
सरकारले पाइलट प्रोजेक्टको रुपमा पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस एचपीभी विरुद्धको खोप अभियान सुरू गरेको छ । १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका करिव १० हजार किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउन सुरु गरिएको हो । तत्कालका लागि सिमित स्रोत र साधन भएपनि छिट्टै खोप सबै किशोरीहरुले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता सरकारको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सुरुवाती चरणमा ९ देखि १५ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीलाई अनिवार्य खोप लगाउन सुझाव दिएको छ ।
बुटवल, २२ असार-रूपन्देहीको तिलोत्तमा कान्छीबजारमा गत २६ जेठमा भएको सामूहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । २६ जेठमा तिलोत्तमा १० कान्छीबजार मैनहवास्थित कृष्णबहादुर पुनले संचालन गर्दै आएको गंगादेवी कृषि फर्ममा ५ जनाको...
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले तिजको अवसर पारेर निःशुल्क भिआइए जाँच शिविर आयोजना गरेको छ । सौन्दर्यकर्मी युनियनले मोरङको कटहरी गाउँपालिका – ३ कटहरीको स्वास्थ्य चौकीमा मंगलबार पाठेघरको मुखको क्यान्सरको परीक्षणको...
विराटनगर, १५ माघ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण एक बृद्धा महिलाको मृत्यु भएको छ । शुक्रबार कोरोना पोजिटिभ देखिएकी सुनसरीको धरान उपमहानरपालिकाकी ७६ वर्षीया बृद्धा महिलाको प्रतिष्ठानमा उपचारका क्रममा...
विराटनगर । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत (कृष्ण) निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको महाधिवेशनबाट बस्नेत अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघको पदाधिकारीहरू भने टुंगो लागेको छैन । अध्यक्ष...
काठमाडौं, ३२ जेठ-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज सचिवालय बैठक बोलाएको छ । शनिबार संविधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएसँगै नेकपाले सचिवालय बैठक बोलाएको हो । दिउँसो ४ बजे प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा...
कोरना भाइरस (कोभिड— १९) को सम्भावित जोखिम रोकथामका लागि सरकारले ‘लकडाउन’ को गरेपछि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्योलमा परेको छ । यही १३ चैतमा सूचना टाँस गरेर स्थगित भएको बैठक लकडाउन लम्बिँदै गएपछि निरन्तरता पाउने...
नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल...