महिलालाई स्वस्थ्य बनाउन सौन्दर्यकर्मीले गर्यो शिविर, ७५ जना महिलाले गराए स्वास्थ्य जाँच
मङ्गलबार, २६ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले तिजको अवसर पारेर निःशुल्क भिआइए जाँच शिविर आयोजना गरेको छ । सौन्दर्यकर्मी युनियनले मोरङको कटहरी गाउँपालिका – ३ कटहरीको स्वास्थ्य चौकीमा मंगलबार पाठेघरको मुखको क्यान्सरको परीक्षणको भिआइए जाँच शिविर आयोजना गरेको हो ।
शिविरमा ७५ जनाले स्वास्थ्य जाँच गरेको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिको अध्यक्ष भली सुब्बाले जानकारी दिइन् । भिआइए जाँच गरिएको मध्ये दुई जना महिलाको पाठेघरको मुखयको क्यान्सर प्रराम्भिक चरणमा देखिएको स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. रमेश श्रेष्ठले जानकारी दिए । जाँचका लागि आएका महिलाको पाठेघरको जाँच गर्ने क्रममा शंका लागेका महिलाको भिआइए जाँच गर्दा दुई जना महिलाको पाठेघरमा पहिलो चरणको क्यान्सर देखिएको उनले बताए ।
सौन्दर्यकर्मी युनियनले ग्रामिण क्षेत्रको महिलाको स्वास्थ्य अवस्था बुझ्न आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएका महिलामा पाठेघरमा अैजारु पलाएको, आङ खस्ने, महिनावरी गडबढीलगायतका समस्या देखिएको उनले बताए । ‘सामान्य स्वास्थ्य समस्या देखिएका महिलाको संख्या धेरै भए पनि पाठेघरमा प्रारम्भिक चरणको क्यान्सर देखिएका महिलाको संख्या पनि देखिएको छ,’ उनले भने । उनीहरुलाई तत्काल उपचारको गरिएको छ ।
सौन्दर्यकर्मी युनियले यसपालि तिजमा रमाइलो कार्यक्रम नगरी ग्रामिण क्षेत्रमा पुगेर महिलाहरुको अवस्था बुझ्न शिविर सञ्चालन गरिएको अध्यक्ष सुब्बाले बताइन् । स्वस्थ जीवनले मात्र उद्यम सम्भव हुने भएकोले संस्थाको ग्रामिण क्षेत्रमा पुगेर महिलाको स्वास्थ्य परीक्षण गरिएको उनले बताइन् । ‘स्वस्थ भए मात्र उद्यमी महिलाले राम्रोसँग उद्यम सञ्चालन गर्न सक्नुहुन्छ । मध्यम आय भएका महिलाको स्वास्थ्य बिग्रिए उद्यम तहसनहस हुन्छ,’ उनले भनिन्, ‘महिलाको स्वास्थ्य नै धन हो भन्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ ।’ स्वास्थ्य शिविरको उद्घाटन कटहरी गाउँपालिका अध्यक्ष देबराज चौधरीले गरे । उनले कार्यक्रममा बोल्दै भड्किलो तजिको कार्यक्रम नगरि ग्रमिण क्षत्रको महिलाहरुको स्वास्थ्य अवस्था बुझने तरिकाले गरिएको स्वास्थ्य उदाहणिय कार्य गरेको बताए । ‘स्थानीय सरकारले गर्नुपर्ने काम हाम्रो पालिकामा आएर सामाजिक संस्थाले गरेको यो उदारणीय काम हो,’ उनले भने । आगमी दिनमा पनि यसरी सहकार्य गरेर महिलाहरुको स्वास्थ्य अवस्थाको क्षेत्रमा काम गाउँपालिकाले गर्ने उनले बताए ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिकी सचिब बसन्ती गुरूङले संचालन गरेको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति मोरङकी अध्यक्ष सुनिता छाराहाङ, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रिय , प्रदेश कमिटि र महानगरका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...
विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...
विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...