मुनलाइट होस्टल संचालक मधु रेग्मी पक्राउ, अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारीमा प्रहरी

 न्यूज विराट
मुनलाइट होस्टल संचालक मधु रेग्मी पक्राउ, अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारीमा प्रहरी

विराटनगर । विराटनगर महानगरपालिका—८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मी पक्राउ परेकी छिन् । प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको हो ।

मंगलबार साँझमा विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात गर्दै रेग्मीले दुर्व्यवहार गरेको आरोप छ । उनले छात्रामाथि गरेको दुव्र्यवहारका भिडियो सामाजिक संचालमा भाइरल भएको थियो । त्यसपछि पीडित छात्राले उजुरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ परेकी रेग्मीलाई मोरङ प्रहरीले अभर्द व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारी गरेको छ । ‘अहिले जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गर्न लैजाने तयारी भइरहेको छ,’ एसपी कार्कीले भने, ‘म्याद थप गरेपछि थप अनुसन्धान गर्नेछौं ।’

होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् । दुर्व्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कन्चनपुर घर भएका विद्यार्थी हुन् । उनीहरु उक्त होस्टेलमा ३ फागुनदेखि बसिरहेका थिए । उनीहरुले ३ चैतसम्मका लागि अग्रिम ८ हजार रुपैयाँ बुझाएका थिए । कलेजकै होस्टेलमा बस्नेहरुको सूचीमा भर्खरै उनीहरुको पनि नाम निस्किएको थियो । उनीहरू बुधबारदेखि कलेजको होस्टेलमा बस्ने तयारी गरेका थिए । त्यसैले उनीहरु मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए । ३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन—तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सञ्चालकले हातपात गरेकी थिइन् । मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरुले कलेजमा सम्पर्क गरेका थिए । त्यसपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीहरुलाई आफ्नै होस्टलमा ल्याएर राखेको छ । विराटनगर नर्सिङ कलेज प्रमुख मेनुका भण्डारीले छात्राहरुमाथि अमानवीय व्यवहार भएको बताइन् । ‘हिजो बेलुका हामीले विद्यार्थीलाई कलेजको होस्टलमा ल्याएका छौं,’ कलेज प्रमुख भण्डारीले भनिन्, ‘अमानवीय व्यवहारका भिडियो भाइरल भएको छ । सञ्चालक विरुद्ध हामीले उजुरी दियौ ।’

सम्बन्धित समाचार

नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सर्तक

वीरगन्ज,३० चैत -पर्साको वीरगन्जमा बस्दै आएका ३ भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ । कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरू अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा छन् ।...

साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता, स्वागतमा बिमानस्थल पुगे खेलकुद मन्त्री

काठमाडौं, कात्तिक १ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग...

पानी खाने बहना बनाएर ६४ वर्षीय महिलाको हत्या, सुन लुटेपछि साइकल पनि चोरेर अभियुक्त भारत तिर फरार 

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीले वृद्धा महिलाको हत्या आरोपमा धनकुटा सागुरीगडी गाउँपालिका ८ घर भई...

जसपालाई प्रचण्ड-नेपाल समूहको प्रस्ताव : ओलीको प्रतिगमन सच्चियो, अब मिलेर जाऔँ

नेकपाको प्रचण्ड-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई मिलेर सरकार बनाउने प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सत्ता समीकरणका लागि नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार जसपाका शीर्ष नेताहरूसँग छलफल गरेको हो । छलफलमा...

विपक्षी गठबन्धनका शीर्ष नेता अदालत जाँदै

काठमाडौं, ९ जेठ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै विपक्षी गठबन्धनका नेता आज सर्वोच्च अदालत जाने भएका छन् । प्रतिनिधिसभा विघटन...

पाँच छात्रामाथि यौन दुर्व्यवहार प्रकरण, एक वर्षदेखि दुर्व्यवहारको आरोप लागेको शिक्षक धरौटिमा छुटे

विराटनगर । पाँच जना छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागेको मोरङको जहदा गाउँपालिकास्थित जनप्रीय आधरभूत विद्यालयका २७ वर्षे शिक्षक विकाशकुमार साह धरौटिमा रिहा भएका छन् । मोरङ अदालतका न्यायाधीश राजेशश्वर आर्यालयको इजालशले १ लाख...

बरगाछी स्मारिकाको लोकार्पण

विराटनगर । गुराँस पुस्तकालय विराटनगरको ५४ औं स्थापना दिवसका अवसरमा पुस्तकालयद्वारा प्रकाशित बरगाछी स्मारिकाको लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मंगलबार बरगाछीको १७ औं अंक विमोचन गरेका हुन् । बरगाछी स्मारिका...

कक्षा १०,११ र १२ को परीक्षाबारे छलफल

काठमाडौं, ३ वैशाख-राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई आउजाउ गर्न सहज हुनेगरी कक्षा १०,११ र १२ को परीक्षा गर्ने विषयमा छलफल सुरू गरेको छ । बोर्डले शिक्षा विकास तथा समन्वय इकाइलाई थप परीक्षा केन्द्र कति चाहिने हो,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्