पानी खाने बहना बनाएर ६४ वर्षीय महिलाको हत्या, सुन लुटेपछि साइकल पनि चोरेर अभियुक्त भारत तिर फरार
मङ्गलबार, ०४ असोज, २०७९,
न्यूज विराट
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वृद्धा महिलाको हत्या आरोपमा धनकुटा सागुरीगडी गाउँपालिका ८ घर भई धारनमा बस्दै आएका १८ वर्षीय निखिल भन्ने नकुल राई र भोक्राहा नर्सिङ गाउँपालिका २० वर्षीय रन्जित कुमार साह पक्राउ परेका हुन् ।
पक्राउ परेका प्रतिवादीहरूलाई सुनसरी प्रहरीले मङ्गलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट वृद्धा महिलाले लगाएको सुन लुट्ने नियतले धारिलो हतियार प्रयोग गरी हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । वृद्धा महिलाको हत्या निखिलले गरेका प्रहरीले जनाएको छ । निखिल लागू औषध प्रयोगकर्ता हुन् ।
२९ भदौमा वृद्धा महिलाको हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । हत्या गरेको पाँच दिन पछि प्रहरीले घटनामा संलग्न आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । राईलाई प्रहरीले विराटनगर १५ रानी एरियाबाट पक्राउ गरेको जनाएको छ । ‘सुन लुट्न वृद्धा महिलाको हत्या गरेको पक्राउ परेका राईले स्वीकार गरेका छन्,’ एसपी ढकालले भने, ‘भदौ २८ गते ३ बजे वृद्धा महिलाको हत्या गरेपछि घरभित्र लगेर ढोका बन्द गरेर गरगहना लुटी खुकुरी पकुवा जङ्गलमा लुकाए । त्यसपछि बराहा ४ स्थित गोविन्द अधिकारीको साइकल चोरेर भारतको चैनपुर लागे । त्यहाँ तीन दिन बसेर जोगवनि नाकामा आएर लुकीछिपी बसेको पाइएपछि पक्राउ गरिएको हो । वृद्धा महिला घरमा एक्लै घरमा बस्दै आएको राईले जानकारी पाएका थिए । एक हप्ता अगाडिदेखि हत्या गर्ने र वृद्धा महिलाले लगाएको सुन लुट्ने योजना बनाएको खुलेको छ ।’ राईले एक हप्ता अगाडी नै वृद्धा महिलाको हत्या गर्ने मनसाय राखेर गएका थिए । ‘बिना हातहतियार गएको कारणले त्यस बेला महिलालाई हत्या गर्ने राईले आट गरेनन् । दोस्रो पटक छिमेकीको खुकुरी चोरेर हत्या गर्न सफल भए,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पकुवा खोलाको जङ्गलमा लुकाएको अवस्थामा बरामद गरेको छ । वृद्धा महिलाको हत्या गरेपछि लुटेको ७।२७० ग्राम सुन पनि बरामद भएको एसपी ढकालले बताए । चोरी गरेको साइकल पनि प्रहरीले रन्जित कुमार साहको घरमा लुकाई राखिएको अवस्थामा बरामद गरिएको छ । राईले हत्या गरी लुटेको गरगहना लुकाउने साहले भूमिका खलेको देखिएको छ । त्यही भएर प्रहरीले साहलाई पनि पक्राउ हो । राईले हत्या गरेपछि साहको घरमा पुगेका थिए । मध्य राती साहको घरमा पुगेका राईलाई साहले लागू औषध सेवन गराए र लट्ठ बनाए । त्यसपछि राईले लुटेर ल्याएको सुनको गरगहना चोरेर राखे । त्यसपछि साहले थप एक जनाले राईलाई जागिरको लागि भारत पढाएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
हत्याको मुख्य अभियुक्त राई रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । धरानमा सानैदेखि बाबु आमाले हेरचाह नगरेकाले आफन्तकोमा उनी बस्दै आएका थिए । उनी लागु औषध सेवन गर्ने र गाउँ घरमा सानो तिनो चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई प्रहरीले सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका विराटनगरमा सरोकारवालाहरु बीचको सम्वाद कार्यक्रम भएको छ ।नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा विराटनगरमा बिहीबार सम्वाद कार्यक्रम भएको हो । प्रादेशिक...
जनकपुरधाम, ३२ साउन-प्रदेश २ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ७ हजार नजिक पुगेको छ । आइतबार १ सय ४४ जना थपिएसँगै संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ...
विराटनगर, १४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक...
विराटनगर, २२ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रका लागि प्रयाप्त तयारी भईरहेको बताउनु भएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो...
विराटनगर । पत्रकार प्रेम देवानमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका ६ का ३७ वर्षीय रमेश राय रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।...
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएसँगै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य पनि घट्ने भएको छ । पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । अब एक लिटर तेल १ सय ७९ रुपैयाँमा पाइने छ...
ललितपुरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढेको छ । जिल्लाभर रहेका कुल ११ हजार ६ सय ९० संक्रमितमध्ये ९ हजार ६ सय ३ जनाले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा सक्रिय संक्रमितको...
विराटनगर, माघ १२-पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा विद्यार्थीहरुले जेब्रा क्रसिङ निर्माण गरेका छन् । बढ्दो दुर्घटना न्युनिकरण र पैदेल यात्रुको सहजताका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)...