नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सर्तक

 न्यूज विराट
नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सर्तक

वीरगन्ज,३० चैत -पर्साको वीरगन्जमा बस्दै आएका ३ भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ । कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरू अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा छन् ।

हेटौँडामा परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएका उनीहरूको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुन: परीक्षण गर्दा पोजेटिभ नै देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतको उत्तर प्रदेशका तीनै जना मुस्लिम धर्मका प्रचारक धर्मगुरु हुन् । उनीहरू केही दिनअघि दिल्लीमा भएको तब्लगी जमातमा सहभागी भई फर्किएको आशंका गरिएको छ । स्थानीयका अनुसार उनीहरू ९/१० दिन पहिलादेखि वीरगन्ज–२ छपकैयाको मस्जिदमा बस्दै आएका थिए।

स्वाब थप परीक्षणका लागि हिजो काठमाडौं पठाइएको थियो । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीनजनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप निकयोल गर्नका लागि ती नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

सम्बन्धित समाचार

पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए

विराटनगर । रंगेली नगरपालिकाले पारदर्शी ढंगले परीक्षा सञ्चालन गरी कर्मचारीहरु छनौट गरेको छ । नगरपालिकाले कार्यलय परिसरभित्रै खुल्ला ठाउँमा पारदर्शी रुपले परीक्षा सञ्चालन गरि करारमा कर्मचारीहरु नियुक्त गरेको हो । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले...

काठमाडौं उपत्यकामा ६१७४ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकमा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

भगतलाई उपाध्यक्षको जिम्मेवारी

विराटनगर, फागुन २२–विराटनगरका व्यवसायी पशुपति भगतले नेपाल कृषिजन्य आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी पाएका छन् । चितवनको सौराहामा सप्पन्न केन्द्रीय भेलाले भगतलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । भगत...

डाक्टर खोज्दाखोज्दै कोशीमा ५५ वर्षीया महिलाले गुमाइन् ज्यान, डाक्टर खरेलको नेतृत्वमा छानविन समिति गठन

विराटनगर  ।  विराटनगरस्थित कोशी अस्पतालको ओपीडी वार्डमा उपचार नपाएर ५५ बर्षीया एक महिलाको  मृत्यु भएको छ । अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारणले मोरङको जहदा गाउँपालिका १ की ५५ बर्षीया द्रोपतीदेवी राजवंशीको मृत्यु भएको परिवारको आरोप छ...

प्रदेशमा ५ मा कोरोना संक्रमितको संख्या ५३ पुग्यो

बुटवल, २९ वैशाख-परीक्षणको दायरा बढाएसँगै प्रदेश ५ मा काेराेना संक्रमितको संख्या थपिँदै गएका छन् । ७ वटा प्रदेशमा १ सय ३४ संक्रमित मध्ये प्रदेश-५ मा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो...

२२ जना विदेशी प्रहरीको सम्पर्कमा

इनरुवा, २३ चैत-भारतबाट आएर सुनसरीका २ मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् ।सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुदैं भुटाहा पुगेका भारत मुम्बईका १४ जनालाई सुनसरी प्रहरीले...

कोरोनाले आमापछि छोराको मृत्यु

भक्तपुर, १७ भदौ-कोरोना भाइरस संक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको ४ दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी संक्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन् । यही १३ भदौमा...

चौंथो मिल्स गोल्डकप : पहिलो हाफमा गोलबजार स्पोर्टिङ क्लबलको अग्रता

विराटनगर । विराटनगरमा जारी चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा आज भएको अन्तिम क्वारटफाइ खेलमा पूर्व बिजेता गोलबजार स्पोर्टिङ क्लब गोलबजारले सुरुवाती अग्रता लिएको छ ।पहिलो हाफमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई १–० गोलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्