टी – २० क्रिकेट प्रतियोगिता, सुदूरपश्चिम र एपिएफ विजयी

 न्यूज विराट
टी – २० क्रिकेट प्रतियोगिता, सुदूरपश्चिम र एपिएफ विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै सुदूर समुह ‘बी’ मा ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकको साथ दोस्रोे स्थानमा रहेको छ । वागमतीले खेलेको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
वागमतीले बाँकी दुई खेल जित हात पारे पनि समुह चरणबाटै बाहिरिने छ । सुदुरपश्चिम सेमिफानमा नजिक पुगेको छ । अव पुलिसले बाँकी रहेको २ खेलमा लुम्बिनी र बागमतीलाई भारि मतान्तरमा जित निकाले मात्र सुदूर प्रतियोगिताबाट बाहिरिने छ । टस जितेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १७ रनमा सिमित भयोे । वागमतीका लागि शुभ कन्साकारले ३४ बलमा ३ छक्का र ४ चौका प्रहार गरी ४१ रन बनाउँदा रविन जोशीले ३१ रनको योगदान दिए ।

सुदूरका प्लेयर अफ द म्याच नारायण जोशीले २ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिए भने नरेन साउदले २ विकेट लिए । जवाफमा १ सय १८ रनको लक्ष्य पाएको सुदूरले १९ दशमलव २ बलमा ८ विकेट गुमाई सो विजयी लक्ष्य पार गर्यो । सुदूरपश्चिमको जितमा नरेन भट्टले ३० रन बनाउँदा दिपक वोहोराले २२ रन, किरण ठगुन्नाले २१ रन र नारायण जोशीले १६ रनको योगदान दिए । वागमतीका गौतम केसीले ३ विकेट भए भने विपिन आचार्य र इशान पाण्डेले समान २–२ विकेट लिए ।

दोस्रो खेलमा एपिएफले घरेलु टोली कोशी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । एपिएफसँग पाराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा ३ खेलमा १ मा जित र २ मा पराजित कोशीले २ अंकका साथ तेस्रो स्थानमा रहयो ।
कोशीले लिगको अन्तिम खेल मंगलबार आर्मीसँग खेल्ने छ भने एपिएफले प्रतियोगितामा पहिलो जितको स्वाद दिएको छ । २ खेलमा १ मा जित र १ मा पराजित भएको एपिएफ २ अंकका साथ तालिकामा चौथो स्थानमा रहेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो । कोशीका सोनु अन्सारीले ३१ बलमा २ छक्का र ३ चौका प्रहार गरि ४३ रन बनाउँदा अंकित सुवेदीले ३२ रन र श्रवण यादवले १९ रनको योगदान दिए । एपिएफका प्लेयर अफ द म्याच भुवन कार्की, यज्ञमान कुमाल, अमर रोटेला र इर्साद अहमद समान २–२ विकेट लिए ।

जवाफमा १ सय १८ रनको लक्ष्य पछ्याएको एपिएफले १८ दशमलव ५ बलमा ६ विकेट गुमाई लक्ष्य पार गरेको थियो । एपिएफकोे जितमा पूरन विकले ३६ रन, प्रनित थापा मगरले २० र अरुण ऐरीले १५ रनको योगदान दिए । मधेशका फिर्दोस अन्सारीले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिँदा दिपेश कँडेलले १ विकेट लिए ।
मंगलबारको पहिलो खेल घरेलु टोली कोशी र आर्मी तथा दोस्रो खेल वागमती र गण्डकीविच हुनेछ ।

गण्डकीका कप्तान कारवाही
गण्डकीको कप्तान विपिन खत्री कारवाहीमा परेका छन् । आइतबार पुलिससँग भएको खेलमा पुलिका खेलाडि शंकर रानाको स्टम्पिङको अपिल गरे पछि अम्पायरले आउट नदिए पछि खेल सकिए पछि विपिनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको भने पछि विपिन कोड अफ कन्डकट लेव टु अनसनर कारवाहीमा परेका हुन् ।
म्याच रेफि महमद सफिकले उनलाई म्याच फिको सय प्रतिशत र ३ डिमेरि प्वाइन्ट दिएका छन् । उनले अव १८ महिना भित्र क्यानले मान्यता दिएको प्रतियोगितामा १ डिमेरि प्वाइनट पाए भने क्यानले मान्यता पाएको प्रतियोगिताको १ खेल प्रतिबन्ध हुने म्याच रेफ्रि सफिकले बताए ।

सम्बन्धित समाचार

किड्स भिलेजमा अक्षरारम्भ, ४७ जना विद्यार्थी नयाँ भर्ना

विराटनगर । विराटनगर – ५ मा रहेको किड्स भिलेज स्कुलमा ४७ जना नयाँ विद्यार्थीले अक्षरारम्भ गरेका छन् । स्कुल परिसरमा बुधबार बसन्तपञ्चमीको अवसर पारेर सो संख्यामा विद्यार्थीहरुले अक्षरारम्भ गरेका हुन् । बसन्तपञ्चमीमा किड्स भिलेज स्कुल...

भारत–चीनका सैनिकबीच झडपबारे अमेरिकाले दियो प्रतिक्रिया

एजेन्सी, असार ५-अमेरिकाले गलवान घाँटीमा भारत र चीनका सैनिकबीच सोमबारराति भएको हिंसात्मक झडपबारे पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ट्विट गर्दै भारतीय सैनिक मारिएकोमा समवेदना प्रकट गरेका छन् । पोम्पेओले...

उपेन्द्र यादव तानाशाही भएकाले पार्टी फुट्यो : उपमहासचिव यादव

विराटनगर । जनता समाजवादी पार्टीका उपमहासचिव तथा खानेपानी मन्त्री प्रदीप यादवले उपेन्द्र यादवले पार्टीलाई आफ्नो कम्पनी जस्तो चलाएरतानाशाही साशन लागू गर्न खोजेपछि जसपा पार्टी फुटेको बताएका छन् । जनता समाजावादी पार्टी जिल्ला कार्यालय मोरङको विराटनगरस्थित...

ट्रक व्यवसायी संघमा चुनाव नगराउने षड्यन्त्र, उच्च अदालतले दियो अल्पकालीन आदेश

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघलाई साधारण सभा तत्काललाई नगर्नु नगराउनु भनी उच्च अदालत विराटनगरले संघका नाउँमा अल्पकालीन आदेश जारी गरेको छ । निवेदक मेघराज सिग्देल सहितले उच्च अदालत विराटनगरमा विपक्षी विराटनगर ट्रक व्यवसायी संघका...

२७ वर्षीय युवा अभिषेकले विराटनगरमा खोले ‘द ग्राभेटि लाउन्ज’

विराटनगर । विराटनगर – १२ का २७ वर्षीय युवा अभिषेक धमलाले विराटनगरमा ‘द ग्राभेटि लाउन्ज’ रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । उनले विराटनगर १० मा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । उक्त...

फूल हेर्दै चित्त बुझाउँदै किसान

चितवन, १ चैत-लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् ।लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ...

गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण

विराटनगर । नेपालको सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । ‘मर्यादित सहकारी, समुन्नत समाज’ मूल नाराका साथ बुधबार विराटनगरमा सम्पन्न भएको हो ।कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री...

लकडाउनले पर्यटन र हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरकाे क्षति

काठमाडौं, १९ असार-लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्