जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला

 न्यूज विराट
जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव र अभिभावक भेला मनाएको हो ।

उक्त कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुरमा खत्रीले गरे । कार्यक्रममा बोल्दै उनले प्रविधिसहितको सीपमुलक शिक्षा आजको आवश्यकता भएको बताए । उनले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बुढीगंगा गाउँपालिका अध्यक्ष जीत नारयण थापा मगरले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर विद्यालय अगाडी बढनुपर्ने बताए । कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल परेश पोखरेलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कठिबद्ध भएर लागि परेको बताए । विद्यार्थीहरुलाई प्रविधिसहितको रोजगारमुखी शिक्षा दिएर विद्यालय अगाडी बढेको उनले बताए ।
सोही अवसरमा विद्यार्थीहरुले नृत्य, गीत प्रस्तुत गरी सहभागि भएका अभिभावक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरे ।

सम्बन्धित समाचार

साउदी सरकारद्वारा रोजगारदातालाई कडाइ, जेल हाल्ने चेतावनी

साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ । साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी)ले आफ्ना श्रमिकलाई अरुको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो । यस्तै, श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३७ संक्रमित थपिए

विराटनगर, ५ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट तीन, न्युरो अस्पतालबाट दुई र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक जना...

भोजपुरबाट धरान जाँदै गरेको ट्रकमा ब्राउन सुगर भेटियो

भोजपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि प्रहरीले दुवै चालकलाई नियन्त्रणमा लिएको हो । सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ६२३२ र ना ६ ख ७४७८ नम्बरको ट्रकमा...

मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत शनिबार

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको शनिबार सनाखत गरिने भएको छ । मुख्यमन्त्रीका लागि ४७र४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख...

काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर, यी हुन् नेपालका ‘रेड जोन’ सहर

काठमाडौं, ४ मंसिर । नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक...

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध सक्रिय भएको भन्दै नेता नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल...

सामाजिक काममा अझ सकृय युवा संघ

विराटनगर, २ असोज–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ मोरङ कोरोना भाइरसको संक्रमण रोकथान तथा नियन्त्रणमा पनि सकृय भएको छ । कोरोना माहामारीमा राहत र उद्धारमा सर्वसाधारणको घर घर पुगेर सहयोग पुर्याउँदै आएको...

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र

विराटनगर, फागुन १८–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र पारिएको छ । विराटनगरमा आगामी चैत २२ गते हुने महासंघ मोरङको २२ औँ जिल्ला भेला तथा १२ औँ जिल्ला अधिवेशनको तयारी तीब्र पारिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्