भोजपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि प्रहरीले दुवै चालकलाई नियन्त्रणमा लिएको हो ।
सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ६२३२ र ना ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए ।
पक्राउ पर्नेमा ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर रहेका छन् ।
उनीहरूको साथबाट करिब दुई ग्राम एक मिलीग्राम ब्राउन सुगर र ८३ हजार ६०० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ । रासस