विराटनगर । प्याब्सन स्पोर्ट्स मिट २०८० को नतिजा सार्वजनिक गर्दा त्रुटि भएको भन्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङले विज्ञप्ति निकाल्दै सच्याएको छ ।
माघ २९ गते सम्पन्न स्पोर्ट्स मिटको पुरस्कार वितरणका क्रममा मानव संसाधन समितिले त्रुटि भएको पत्र पठाएकाले त्यसलाई सच्याउँदै स्पोर्ट्स मिटमा विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुल तृतिय भएको उल्लेख गरिएको छ ।
प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल र सचिवद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी दिनमा त्रुटिरहित नतिजा सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । पुरस्कार वितरण गर्ने क्रममा सबै इभेन्टका मेडल तथा पुरस्कार ठिक ढंगले वितरण भएपनि मानव संसाधन समितिलाई सबै संयोजकहरुले दिएको मेडल तालिका अनुसार समग्र कक्षा १० सम्मको नतिजा घोषणा गर्न ल्याउने क्रममा सगरमाथा स्कुल विराटनगरको कक्षा ११ र १२ को इभेन्टको समेत कक्षा १० सम्मको समग्रमा भुलबस जोडिएको प्याब्सन मोरङले जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘ ‘त्रुटि सच्याई मानव संसाधन समितिको पत्र व्याब्सन मोरङलाई प्राप्त भएको हुँदा सो आधारमा एभरेष्ट सेकेण्डरी स्कुल विराटनगर समग्र कक्षा १० सम्मको मोरङ जिल्ला तेस्रो भएको निर्णय यो प्रेस विज्ञप्ति मार्फन जानकारी गराइन्छ ।’
एजेन्सी, १७ पुस । भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवीको मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा मन्दिरमा मेला लागेको थियो । कटराका सामुदायिक स्वास्थ्य केन्द्रका चिकित्सा अधिकारी डा....
काठमाडौं, २७ जेठ-नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना भाइरस...
विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखमा अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् ।...
काठमाडौं, माघ २३। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गराउन सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आईतबार साँझ सत्ता गठबन्धनका नेता पुष्पकमल दाहालसहित...
काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बेलुकी ५:३० बजे नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । कोरोना महामारी विरुद्धको...
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ ।पर्यटन दिवसको अवसरमा मंगबलार विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको...
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका छन् । उनी ६८९ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाए...
नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल...