मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका विष्ट निर्वाचित

 न्यूज विराट
मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका विष्ट निर्वाचित

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका छन् । उनी ६८९ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाए । यस्तै, उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छन् । उनले ६४१ मत पाइन् ।

कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएर पराजित भएकी छन् । ०७४ को चुनावमा गाउँपालिकामा निर्वाचित विष्ट स्वतन्त्र उम्मेदवार भएरै चुनाव जितेका थिए । पछि उनी एमाले प्रवेश गरेका थिए ।

विष्टले ०७४ को चुनावमा प्रतिस्पर्धी कांग्रेसका तेन्जिङ छिरिङ गुरुङलाई ५ सय ५२ मतान्तरले हराएका थिए ।

सम्बन्धित समाचार

चौरजहारी घटनाको छानबिन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, १३ जेठ-पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्...

आज १०४४ संक्रमित थपिए, १२७१ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । आज ७ हजार ४ सय १४ जनाको...

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरिहेको काम तथा त्यसको उपलब्धिलाइ लिएर बिहान ११ बजे सम्बोधन गर्ने भएका हुन् । सम्बोधनमा कोरोना नियन्त्रण तथा...

प्रदेश १ मा ९५४ संक्रमणमुक्त, २२७ संक्रमित थपिए

विराटनगर, १२ असार । प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ ।...

प्रचण्ड-माधव समूहले गर्‍यो सुवास नेम्वाङसहित ओली पक्षीय सात नेतालाई निलम्बन

नेकपा प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता सुवास नेम्वाङसहित सात नेतालाई निलम्बन गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेम्वाङसहित नेकपा ओली समूहले केही दिनअघि प्रमुख सचेतकमा नियुक्त गरेका विशाल...

देउवाले उद्घाटन गरेको पतञ्जली टीभीमा विभागको छापा

सूचना तथा प्रशारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणको लागि टोली पठाएको पुष्टि गरे । हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निणर्य लिइने बताए । अनुगमन टोलीले...

नेपालमा पीसीआर परीक्षण १ लाख नाघ्यो

काठमाडौं, जेठ २६-नेपालमा पीसीआर परीक्षण १ लाख नागरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा १ लाख बढी नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारसम्म पीसीआर...

मोरङमा नेपाल प्रहरी तस्करीको सामान उम्काउने, सशस्त्र प्रहरी समाउने

विराटनगर । नेपाल भारत – सीमा क्षेत्र विराटनगरको दक्षिण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका लत्ता कपडा र खाद्यान्यको सामान सशस्त्रले अहिले दैनिक जसो बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी कोशी प्रदेश पकली सुनसरीका सादा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्