विराटनगरको किड्स भिलेजले मनायो वार्षिक उत्सव

 न्यूज विराट
विराटनगरको किड्स भिलेजले मनायो वार्षिक उत्सव

विराटनगर । विराटनगर ५ मा रहेको किड्स भिलेज स्कुलले १० औं वार्षिकोत्सव मनाएको छ । स्कुलले विभिन्न कार्यक्रमको आयोजना उत्सव मनाएको हो ।
विराटनगरको गुरुकुलमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका अध्यक्ष मदन खतिवडाले अध्यक्षता गरेका थिए ।

प्रमुख अतिथि राउतले विद्यालय सफल रुपमा निरन्तर अगाडि बढ्दै जाओस् भन्ने शुभकामना दिए । उनले शिक्षक, अभिभावक, विद्यार्थी र शैक्षिक वर्गको आपसी समन्वय भएमा मात्रै शिक्षामा आमूल परिवर्तन हुने भन्दै गुणस्तरीय तथा प्राबिधक शिक्षा प्रदान गर्नु आजको आवश्कयता भएको बताए । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तृतिहरु देखाएका थिए । विद्यार्थी रिदम अग्रवालले कार्यक्रममा सहभागीहरुलाई विद्यालयको बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

दिल्लीको एक अदालतमा गोली हानाहान, तीन जनाको मृत्यु

एजेन्सी, ८ असोज । भारतको राजधानी दिल्लीस्थित एक अदालतमा फाइरिङ भएको छ । उक्त गोली हानाहानमा परी तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार दिल्लीस्थित 'रोहिणी कोर्ट'को कोर्ट नम्बर एकबाहिर फाइरिङ...

कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत : कांग्रेस प्रवक्ता

काठमाडौं १९ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रे‍सले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत रहेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत कांग्रेस सांसदले गरेको व्यवहार पार्टीको...

तेह्रथुममा बन्चरो प्रहार गरी बुबाआमाको हत्या

तेह्रथुम, २६ वैशाख-तेह्रथुमको फेदाप गाउँपालिका-५ इसिबुका १ युवकले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू...

भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...

मिस एण्ड मिस्टर रौनियार २०७७ को प्रदेशस्तरिय पहिलो अडिसन विराटनगरमा सम्पन्न

विराटनगर, २४ माघ । मिस एण्ड मिस्टर रौनियार २०७७ को प्रदेशस्तरिय पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको छ । आयोजक एमि इन्टरटेन्टमेन्ट प्रालि, काठमाण्डौले आज विराटनगरस्थित रौनियार सेवा सदनमा आयोजना गरेको कार्यक्रमकाबीच अडिसन सम्पन्न भएको हो।...

राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रले टुंग्यायो उम्मेदवार

काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका शीर्ष नेताहरूसँगको परामर्शपछि माओवादी केन्द्रको भागमा परेका पाँच सिटका लागि उम्मेदवारको नाम टुंगो लगाएका हुन्...

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा २ जनामा कोरोना पुष्टि

एजेन्सी, जेठ २-बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । विश्वकै ठूलो रोहिंग्या शरणार्थी शिविरमा कोरोना भाइरस प्रवेश गरेपछि त्यसले ठूलो संकट ल्याउन सक्ने चेतावनी दिइएको छ । शरणार्थी शिविरमा...

प्रदेश प्रहरी विधेयक संशोधनसहित पारित

विराटनगर, असार २९–प्रदेश १ प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संसोधनसहित सर्वसम्मत पारित गरेको छ । आजको प्रदेश सभा वैठकले प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्