तेह्रथुममा बन्चरो प्रहार गरी बुबाआमाको हत्या

 न्यूज विराट
तेह्रथुममा बन्चरो प्रहार गरी बुबाआमाको हत्या

तेह्रथुम, २६ वैशाख-तेह्रथुमको फेदाप गाउँपालिका-५ इसिबुका १ युवकले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् ।

सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

कञ्चनले आफूले बुबाआमाको हत्या गरेको भनेर १ सय नम्बरमा फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थल प्रहरी चौकीदेखि ४ किलोमिटर दूरीमा पर्छ ।

कञ्चनले १ सय नम्बरमा फोनसँगै प्रहरीले उसलाई पछ्याएको र भाग्दै गरेका अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।

घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली आज त्यसतर्फ जाने र मृतकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ । मृतकका ७ महिनाकी छोरी छिन् । नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेकी वडाध्यक्ष टेकबहादुर घिसिङले बताए ।

सम्बन्धित समाचार

इन्डोनेसियामा १ सय वर्षीया महिला कोरोनामुक्त

एजेन्सी, जेठ १९-इन्डोनेसियामा एकजना १ सय वर्षकी महिला कोरोना भाइरस संक्रमणबाट पूर्ण रुपमा निको भएकी छन् । स्थानीय मिडियाले उनी सबैभन्दा वृद्ध विरामी भएको भन्दै उनले कोभिड–१९ लाई हराएको उल्लेख गरेका छन् । कामतिम नामकी...

कोशी अस्पतालमा पहिलो पटक ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया, एकै दिन दुई जना विरामीको सफल उपचार

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ ।ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा आँखा रोगको शल्यक्रिया सुरु भएको हो । मोरङको ग्रामथान गाउँपालिका – ६ का ६७...

कोशी प्रदेशमा मन्त्रीपरिषद विस्तार, तीन जना मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले तीन मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथसमेत लिएका छन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट...

आइसोलेसनबाट फरार महिला प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, २५ चैत-प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । भारत बिहारको झंझारबाट आएकी सिरहाको नरहा गाउँपालिका ३ निवासी ५५ वर्षीया शैला खातुनलाई कोरोना भाइरसको लक्षण देखिएपछि प्रादेशिक अस्पताल...

भगवान् रामचन्द्रको सम्झनामा देशभर रामनवमी पर्व मनाइँदै

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा रामचन्द्रका मन्दिरहरूमा...

काठमाडौंमा २ जना नर्सको आरडीटी गर्दा कोरोना पोजेटिभ

काठमाडौंमा २ जना नर्सलाई आरडीटी गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा गरिएको डाइग्नोस्टिक परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडीटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरूलाई पीसीआर...

खैरो हिरोईनसहित २ जना पक्राउ

विराटनगर । लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका वडा नं. ९ डाईनिया बजारमा रहेको बोलबम पेट्रोल पम्प अगाडीबाट लागूऔषध खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको हो । लागूऔषध ओसारपसार तथा...

सुनको मूल्य घट्यो

काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्