विराटनगर । विराटनगरस्थित अरनिको स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४७ आंै बार्षिक उत्सव मनाएको छ । स्कुल परिसरमा शनिबार भव्य कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सवको उद्घाटन विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरालाले गरे । उनले कार्यक्रममा बोल्दै प्रमुख कोइरालाले प्रविधिसहितको रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता भएको बताए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सँगै रोजगारमुखी शिक्षा दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रमा स्कुलका संचालक भरतराज दाहाल र स्कुलका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाकी नराखेको बताए । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापसँगै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालय अगाडी बढेको प्रिन्सिपल कार्कीले बताए । सोही अवसरमा विद्यार्थीहरुले नृत्य, गायन, नाटक मन्चन गरी सहभागि भएका अभिभावकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे । वार्षिक उत्सवको अवसर पारेर जेहन्दार विद्यार्थीहरुलाई पुरस्कृत पनि गरियो । अरनीको स्कुलका पुर्व विद्यार्थी दिवस थापाले स्कुलमा स्थापना गरेको १८ लाखको अक्षय कोषबाट दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिएको छ । उक्त कोषबाट प्रकाश मण्डल र इछिन्सा राईले पूर्ण छात्रवृत्ती पाएका छन् । उनीहरुलाई कदर पत्रर र दोसल्ला ओढाएर सम्मान गरियो । यसैगरी दुई जना विद्यार्थीहरुलाई जनही १० हजार र दुई जना विद्यार्थीहरुलाई जनही पाँच हजारले पुरस्कृत गरियो । निलहरि भण्डारीले पनि स्कुललमा स्थापना गरेको अक्षयकोषबाट सबल दाहाललाई छात्रवृत्ती प्रदान गरिएको छ ।
विराटनगरको मेनरोडस्थित जैन भवनमा शनिबार साझमा हुने तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी पुरा भएको छ । विराटनगरमा हुन लागेको यो फेस्टिबल अन्य समयको भन्दा फरक र पृथक हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको डिजाइन गरिएको मन्चमा...
काठमाडौं, २ जेठ-सरकारले चिनौँ आफ्नो माटो, आफ्नो माटो बनाए आफ्नै देश कार्यक्रम अघि बढाउने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । यो कार्यक्रमअन्तर्गत स्नाकोत्तर...
विराटनगर, ५ पुस । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आइरहेको राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले न्यानो कपडा वितरण गरेको छ । राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले एक कार्यक्रमकाबीच मोरङको कटहरीस्थित सप्तकोशी सिमेन्ट उद्योगमा...
काठमाडौं, २९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल...
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियू अध्यक्षमा नेपाली काँग्रेस निटक विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका जसवन्त पौडेल निर्वाचित भएका छन् । पौडेल एक हजार ६८९ मतसहित निर्वाचित हुँदा निकटमत...
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरि सुरू गरिएको दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकिएको छ । हिमालय दर्शन कलेजमा भर्ना भएका बीआइएम र बीसीए पहिलो सेमिस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित...
इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका २ युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती...
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि नेकपा एमाले कुद्ने पक्षमा तयार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् । काँग्रेसमा सत्ता भन्दा...