आफूनिकट नेतासँग छलफलपछि शीतल निवासमा प्रधानमन्त्री - News Birat

आफूनिकट नेतासँग छलफलपछि शीतल निवासमा प्रधानमन्त्री

न्यूज विराट
काठमाडौं, २९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति  विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् ।

सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपतिसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समयमा अध्यक्ष एवं. प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर आरोप प्रत्यारोपसहित पत्राचार भइरहेको छ । प्रचण्डले सचिवालय बैठकमा पेश गरेको पत्रप्रति प्रधानमन्त्री निकट नेताहरुले सामाजिक सञ्नजालमा नै चर्को आपत्ति प्रकट गरेका छन् ।

शनिबार दिउँसो मात्रै प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए । पछिल्ला पत्राचारसँगै ओली निकट नेताहरुले प्रचण्डको चर्को आलोचना गरिरहेका छन् भने प्रचण्ड पक्षधर नेताहरु सचिवालयमा प्रस्तुत प्रस्तावको प्रतिरक्षामा उत्रिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles