विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ मा रहेकाबाँतर समुदायहरुले माघे संक्रान्ति पर्व मनाएका छन् । आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार माघेसंक्रान्ति पर्व मनाएका हुन् ।
माघेसंक्रान्तिका दिनबाँतर समुदायहरुले आफ्नो कुल देवतालाई पूजा–आजा गरी सरदार (मुखिया) को घरमा गई गाउ“का पैरजनहरुले तिलको लड्डु, भुजाको लड्डु, चिऊराको लड्डु र सुंगुरको बली दिई गेंड सिंहलाई सामुहिक पूजा–आजागरी माघेसंक्रान्ति पर्व मनाउने परम्परा रहेको छ । संदियौदेखि बाँतर जातिका मानिसहरुले हिन्दु रितअनुसार माघ १ गते माघेसंक्रान्तिका दिन सरदार(मुखिया)को घरमा सामूहिक पूजा गर्ने चलन रहेको बाँतर जातिका अगुवा बविता सरदार बाँतर र फुदी सरदारले बताए ।
पूजा सम्पन्न भएपछि सवै पैरजन सदस्यहरुलाई प्रसादीको रुपमा सु“गुरको मासु बा“ड्ने र सरदार (मुखिया) को घरमा मासुको परिकार बनाई सामुहिक भोज खाने प्रचलन रहेको उनले बताए । बाँतर जातिले माघेसंत्रान्तिको अवसरमा पूज गर्न थालेको नेपाल बाँतर सरदार समाज कल्याणकारणी सममितिका केन्द्रीय सचिव शुभाष सरदार र मोरङ सभापति गयान्नद सरदार, युवा सभापति अनिल सरदारले बताए ।