रोजगारीबाट फर्केका ९ सहित ३१ जना क्वारेन्टाइनमा

 न्यूज विराट
रोजगारीबाट फर्केका ९ सहित ३१ जना क्वारेन्टाइनमा

तेह्रथुम, २५ चैत-रोजगारीका लागि काठमाडौँ र इटहरी गएर फर्किएका सातसहित ९ जनालाई सोमबारदेखि क्वारेन्टाइनमा राखिएको छ ।काठमाडौँबाट घर फर्कने क्रममा यही चैत ११ गते इटहरी आइपुगी लकडाउनमा परेका उनीहरुलाई सोमबार म्याङलुङस्थित घर पुग्नासाथ प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राखेको हो ।

इटहरीबाट हिँडेर आइपुगेका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तबहादुर खड्काले बताए ।भारतको दार्जिलिङ क्षेत्रमा फेरी लगाएर फर्किएका ९ सहित १५ जना फेदाप गाउँपालिकामा र ७ जना आठराई गाउँपालिकामा गरी जिल्लामा जम्मा ३१ जना क्वारेन्टाइनमा रहेका सहायक प्रजिअ खड्काले जानकारी दिए। क्वारेन्टाइनमा रहेका उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीको भनाइ छ । रासस

सम्बन्धित समाचार

देशमा हत्याहिंसाको विकराल कालखण्ड फर्काउने कोसिस : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोसिस भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । काठमाडौंको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा ज्येष्ठ नागरिक आवाश गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट...

थप १३ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या २ सय १९ पुग्यो

काठमाडौं, १७ जेठ-0शनिबार थप १३ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । कोरोनाको संक्रमणलाई पराजित गर्नेमा ७ वर्षीय बालकदेखि ४२ वर्षीय पुरुषसम्म छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शनिबार...

क्वारेन्टाइन रहेका १२ सय बढीलाई घर फिर्ता

बुटवल, ३ वैशाख-प्रदेश–५ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्टकै आधारमा १ हजार २ सय बढी क्वारेन्टाइनमा रहेकालाई घर पठाइएको छ ।प्रदेश–५ मा मंगलबारसम्म १२ सय ७ जनाको आरडीटी किटको माध्यमबाट स्वाब परिक्षण गर्दा सबैको रिपोर्ट...

आरोहण गुरुकुलमा दार्जिलिङका कवि सुब्बा प्रस्तुत

विराटनगर, चैत १–भारतको दार्जिलिङका चर्चित कवि मनप्रसाद सुब्बा विराटनगरस्थित आरोहण गुरुकुलमा प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको मासिक काव्यारोहण शृंखलाको पाँचौं भागमा सुब्बा प्रस्तुत भएका हुन् । शनिबार भएको कार्यक्रममा सुब्बाले ‘म कहिले बुद्ध हुनु’,...

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ ।  चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ...

सेन्ट्रल मलले मनायो चौथो वार्षिकोत्सव

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मल चौथो वार्षिकोत्सव भव्य कार्यक्रम आयोजना गरी मनाएको छ । सेन्ट्रल मलले शनिबार विभिन्न कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनाउने भएको हो । वार्षिकोत्सव अवसर पारेर शनिबार विहान रक्तदान कार्यक्रम आयोजना गरेको...

एमसीसी यथास्थितिमै पारित भए सरकार छाड्छाैँ : नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट उत्पन्न हुन सक्ने बताएका छन् । बिहीबार धनगढी पुगेका अध्यक्ष नेपालले युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै...

कृष्णबहादुर गिरि ‘सिद्धबाबा’ लाई पूपक्षका लागि झुम्का कारागार पठाइयो

विराटनगर, फागुन २०–एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतको आदेश अनुसार प्रहरीले पुर्पक्षका लागि थुनामा राख्न झुम्का कारागार पठाइएको छ । उच्च अदालत विराटनगरले गत माघ ९ गते गिरीलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्