कैद भुक्तान सकिने दिन एक जना कैदीको मृत्यु, कोशी अस्पताल तनावग्रस्त

 न्यूज विराट
कैद भुक्तान सकिने दिन एक जना कैदीको मृत्यु, कोशी अस्पताल तनावग्रस्त

विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर – १० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज विहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारगार प्रशासनले उनलाई पुस ७ ः ३० बजे अस्पतालमा भर्ना गराएको मोरङ कारागारका निमिक्त जेलर कृष्णहरी न्यौपानेले जानकारी दिए । उपचारको क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ । मृतकका आफन्तहरुले भने समयमै जानकारी नदिएको र उपचारमा लापरवाही भएको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् ।

सहनीको आज कैद भुक्तान सकिने दिन थियो । कैद भुक्तान सकिने दिन उनको मृत्यु भएको छ । सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजायको फैसला सुनाएको थियो । अदालतले फैसला गरेपछि उनी फरार थिए । २०७९ माघ १७ गते पक्राउ परेपछि उनलाई अदालतमा उपस्थिती गराएर कारागार चलान गरेको थियो ।

आजविहानसम्म मोरङ कारागारमा पुरुष ९४८, महिला ८९ र नावलक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी रहेका छन् ।
मोरङ कारागारमा केही दिन अगाडी एक जना बन्दीको पनि मृत्यु भएको थियो । मोरङको लेटाङ नगरपालिका–४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शंकास्पद मृत्यु भएको भन्दै परिवारले छानविनको माग राखेका थिए । पछि जिल्ला प्रशासन कार्यालय मोरङले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरेर अहिले छानविन गर्दै आएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशका मुख्यमन्त्री कार्की विरुद्ध विराटनगरको कार्यक्रममा किन लाग्यो मुर्दावादको नारा ?

विराटनगर । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले बिहीबार विराटनगरमा दुध उत्पादक, संकलन र उद्योगीहरु तथा सरकारी निकाय सम्मिलित एक कार्यक्रम गर्यो । केन्द्रको कृषि विभाग, कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अधिकारीहरु...

विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

विराटनगर, १० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा...

पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भयो : समाजवादी प्रेस संगठन

काठमाडौँ । समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ । अध्यक्ष विश्वमणि सुवेदीले आइतार जारी गरेको विज्ञप्तिमा मतगणनाक्रममा महासंघमा उम्मेदवार बनेका व्यक्तिहरूबाटै शनिबार राति केन्द्रीय कार्यालयमा तालाबन्दी भएको...

भारतीय दूतावास अगाडिबाट अनेरास्ववियूका नेता-कार्यकर्ता पक्राउ

 काठमाडौं, २७ वैशाख-नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेक कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन कार्यक्रम...

मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अवलम्बन गर्न सङ्घको सुझाव

काठमाडौं, १ बैशाख-नेपाल उद्योग परिसङ्घले कोरोना भाइरसका कारण देखापरेको प्रतिकूल परिस्थितिको सामना गर्न विस्तारित मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अघि सार्न सरकारलाई सुझाव दिएको छ । सङ्घको प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज...

कोरोना भाइरसले नयाँ विश्व व्यवस्था जन्माउन सक्छः प्रचण्ड

काठमाडौं, १ जेठ-नेपाल कम्यनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव जातिले कोरोना भाइरसमाथि विजय प्राप्त गरेर नयाँ विश्व व्यवस्था जन्माउने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ५ दिने भर्चुअल आईसीटी...

शिक्षादीप कलेजले मनायो विज्ञान दिवस, उत्कृष्ट विद्यार्थीले पाए पुरस्कार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एघारौँ विज्ञान दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कलेज परिसरमा आइतबार भव्य कार्यक्रम आयोजना गरी विज्ञान दिवस मनाएको हो ।दिवसको अवसर पारेर विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत...

प्रदर्शन चर्किएपछि ह्वाइट हाउसको बङ्करमा लुके ट्रम्प

एजेन्सी, जेठ १९-अश्वेत जर्ज फ्लोइडको हत्याको विरोधमा हिंसात्मक प्रदर्शन राष्ट्रपति भवन ह्वाइट हाउससम्म पुगेको छ । वासिङ्टनमा ह्वाइट हाउसको बाहिर प्रदर्शन चर्किएपछि राष्ट्रपति ट्रम्पलाई केही समयका लागि बंकरमा लगिएको छ । ट्रम्पले ह्वाइट हाउसको बङ्करमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्