प्रदर्शन चर्किएपछि ह्वाइट हाउसको बङ्करमा लुके ट्रम्प - News Birat

प्रदर्शन चर्किएपछि ह्वाइट हाउसको बङ्करमा लुके ट्रम्प

न्यूज विराट

एजेन्सी, जेठ १९-अश्वेत जर्ज फ्लोइडको हत्याको विरोधमा हिंसात्मक प्रदर्शन राष्ट्रपति भवन ह्वाइट हाउससम्म पुगेको छ । वासिङ्टनमा ह्वाइट हाउसको बाहिर प्रदर्शन चर्किएपछि राष्ट्रपति ट्रम्पलाई केही समयका लागि बंकरमा लगिएको छ । ट्रम्पले ह्वाइट हाउसको बङ्करमा १ घन्टा बिताएपछि उनलाई पुनः बाहिर ल्याइएको थियो ।

सो क्रममा प्रथम महिला मेलानिया ट्रम्प र छोरा ब्यारेनलाई पनि बंकरमा लगिएको थियो । कानुन प्रवर्तन सूत्रले प्रोटोकलअनुसार यदि राष्ट्रपति ट्रम्पलाई बङ्करमा लगिन्छ भने अन्य सुरक्षा प्राप्त व्यक्तिहरू मेलानिया र ब्यारेनलाई पनि लैजानु अनिवार्य थियो ।

ट्रम्पले मिनियापोलिसमा गत साता जर्ज फ्लोइडको हत्यापछि ह्वाइट हाउसबाहिर भएको प्रदर्शन दबाउन प्रभावकारी भूमिका खेलेको भन्दै सुरक्षाकर्मीको प्रशंसा गरेका थिए ।

शनिबार ह्वाइट हाउसबाहिर भएको प्रदर्शनको केही घन्टापछि ट्रम्प आफैँले आफू सुरक्षित रहेको घोषणा गरेका थिए । उनले ह्वाइट हाउसबाहिर प्रदर्शन गर्ने सो शहरका डेमोक्रेटिक मेयरका समर्थक भएको आरोप लगाएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles