मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अवलम्बन गर्न सङ्घको सुझाव

 न्यूज विराट
मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अवलम्बन गर्न सङ्घको सुझाव

काठमाडौं, १ बैशाख-नेपाल उद्योग परिसङ्घले कोरोना भाइरसका कारण देखापरेको प्रतिकूल परिस्थितिको सामना गर्न विस्तारित मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अघि सार्न सरकारलाई सुझाव दिएको छ ।

सङ्घको प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र राज्यमन्त्री मोतीलाल दुगड तथा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेट गरी अर्थतन्त्रलाई गतिशील बनाउन सुझाव दिएको हो ।

महामारीका कारण मुलुकको अर्थ व्यवस्था अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै परिसङ्घले अर्थ व्यवस्थालाई जोगाउन तत्कालै विभिन्न कदम चाल्न आग्रह गरेको छ ।

सङ्घले मौद्रिक तथा वित्तीय नीतिको उचित प्रयोग गरी अर्थव्यवस्थालाई पुनःजीवन दिन सक्ने अवस्थामा जोगाउन सकिने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । परिसङ्घले सरकारलाई विस्तारकारी वित्तीय नीति अवलम्बन गर्न पनि सुझाव दिएको छ ।

मुलुकको कूल गार्हस्थ्य उत्पादनको करिब तीन प्रतिशतले हुन आउने रकम अनौपचारिक क्षेत्रका काम गर्ने, गरिब तथा पहुँच नहुने वर्गमा प्रत्यक्ष हस्तान्तरण गर्नसमेत परिसङ्घले सुझाव दिएको छ । यस्तै। व्यावसायिक तथा औद्योगिक लागतलाई कम्तीमा ५ प्रतिशतले कम गर्न सुझाव दिइएको छ ।

हालको कर्जा निक्षेप अनुपात (सिसिडी)लाई ८५ प्रतिशत बनाउनुका साथै दीर्घकालीन (मुद्दती) निक्षेपमा सात प्रतिशत तथा बचतमा पाँच प्रतिशत ब्याजका लागि वाणिज्य बैङ्कलाई प्रोत्सान गरिनु पर्ने उल्लेख छ । यसबाट अर्थतन्त्रमा करिब  १ सय ५० अर्बको तरलता थप हुने परिसङ्घले आकलन गरेको छ ।

त्यस्तै दुई वर्षसम्म घाटामा रहेका उद्योगलाई सूक्ष्म निगरानीमा राख्नुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधानलाई हालको विषम परिस्थितिका कारण कम्तीमा ५ वर्ष गरिनुपर्नेमा परिसङ्घले जोड दिएको छ ।

उद्योगले जारी गर्ने परिचयपत्रको आधारमा श्रमिकको आवतजावतलाई सहजीकरण गर्न आग्रह गर्दै उद्योगले जारी गरेको चलानलाई कच्चा पदार्थ तथा तयारी सामानको ढुवानीका लागि पास सरह मान्ने व्यवस्था मिलाउनसमेत सङ्घले आग्रह गरेको छ । परिसङ्घको प्रतिनिधिमण्डलले आइतबार नै नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थसचिवलाई भेट गरी सुझावमाथि छलफलसमेत गरेको थियो । रासस

सम्बन्धित समाचार

प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

काठमाडाैं, १७ असार-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् । मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता...

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान हुन्छन् : प्रधानमन्त्री ओली

काठमाडौं, १ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताएका छन् । कोभिड-१९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटार गएको यातायात व्यवसायी र...

मिल्स गोल्डकपः सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश

विराटनगर, ७ चैत । प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि सुरू भएको गोल्डकपमा उर्लाबारी फुटबल क्बल मोरङलाई ३–० गोल अन्तरले हराउँदै सशस्त्र...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो क्रिशमस डे

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग क्रिशमस डे मनाएको छ । २५ डिसेम्बरमा प्रत्येक वर्ष मनाइने क्रिशमस डे यस वर्ष क्लबले बालबालिकाहरुसँग मनाएको हो ।  रोटरी क्लबले एडप्ट गरेको विराटनगरस्थित शिव आधारभूत विद्यालयका...

उद्योगमैत्री कर नीति ल्याउन मोरङका व्यापार संघको माग

विराटनगर । मोरङ उद्योग व्यापार संघले स्वदेशी उद्योगको संरक्षण र सम्वद्र्धनका लागि उद्योगी कच्चा पदार्थमा लाग्ने कर हटाउन माग गरेको छ ।संघीय अर्थ मन्त्रालय र मोरङ उद्योग व्यापार संघको संयुक्त आयोजनामा सोमबार विराटनगरमा सम्पन्न अन्तरक्रिया...

धिमाल मुक्ति मोर्चाको अध्यक्षमा तारीलाल, महासचिबमा प्रकाश

विराटनगर । धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा तारीलाल धिमाल चयन भएका छन् । मोरङको उर्लाबारी मंगलबरेमा आइतबार भएको धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाबाट अध्यक्षमा तारीलाल सर्वसम्मत चयन भएका हुन् । मोर्चाको वरिष्ठ उपाध्यक्षमा...

एचआईभी रोकथाम र नियन्त्रणमा जोड

विराटनगर । एचआईभीरएड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतना सँगै बजेट पनि प्रयाप्त बिनायोजन गरिनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र ए।एच।एफ नेपालको आयोजनामा विराटनगरमा बुधबार भएको विकेन्द्रीकृत बजेट विनियोजन...

एमाले विराटनगरको निर्वाचन : मनोनयन दर्ता सुरु, राती ११ बजे मतदान

विराटनगर । विराटनगरमा नेकपा एमालेको महानगर कमिटीको निर्वाचन प्रक्रिया अघि बढेको छ। निर्वाचन कमिटीले मनोनयन दर्ताका लागि फाराम वितरण सुरु गरेको छ । जसका लागि आकांक्षी उम्मेदवारहरू फाराम लिन लाइनमा देखिएका छन्।मंगलबार उद्घाटन भएको दोस्रो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्