
आज ६४९५ को परीक्षण गर्दा १०९६ जनामा कोरोना पुष्टि
गत २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ४ सय ९५ को पीसीआर गर्दा १ हजार ९६ संक्रमित थपिएका हुन् । योसहित नेपालमा संक्रमितको संख्या २ लाख ४०...
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन नदिनुका साथै आफूलाई तागत रहुञ्जेल संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने बताएका छन् ।
नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेललाई अभिनन्दन कार्यक्रममा बोल्दै उनले उनले संविधानको रक्षा र सफल कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने बताएका हुन् ।
‘कोशी प्रदेश उद्यनेग व्यवसायको धरोहर भएकोले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उद्योगी व्यवसायीको भूमिका अपरिहार्य रहेको छ,’ उनले भने, ‘देशको उत्पादन निर्यात र आयात प्रतिस्थापन गर्न सकेका छैनौं, यस्तो अवस्थामा विदेशी मुद्राको संचिति मजबुत हुनु आवश्यक छ ।’
मुलुकमा सम्मान जनक रोजगारी नहुँदा र यहाँँका युवा शक्ति विदेश पलायन भइरहेको प्रति राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गरे । ‘भवन, खनिज र कृषिमा आधारित उद्योगको स्थापना गरि रोजगारी सृजना गरौं । यसको नेतृत्व उद्योगी व्यवसनयीले नै लिनुपर्छ,’ उनले भने, ‘निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गरि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा हामी सबै देशवासी जुटौं ।’
मुलुकमा उद्योग, व्यवसाय मैत्री नीति आवश्यक रहेको उनको भनाइ थियो । ‘सूचना प्रविधि नीतिलाई सहज गरिदिने हो भने व्यापारघाटामा महत्वपूर्ण योगदान हुन्छ,’ उनले भने, ‘जलवायू परिवर्तनले निम्तियाइ रहेको जटिल परिस्थितिप्रति हामीलसचेत भएर महत्वपूर्ण रूपमा काम गर्नुपर्छ ।’
कोशी प्रदेशमा रहेका हलेसी, बराहक्षेत्र, पाथिभारालगायत धार्मिक तथा आकर्षक पर्यटकीय क्षेत्रको विकास गरेर अर्थतन्त्रमा योगदान पुर्याउन आवश्यक रहेका राष्ट्रपति पौडेलले बताए । स्वतन्त्रता सेनानीलाई गरेको सम्मान लोकतन्त्रको सम्मान भएको उनको भनाइ थियो । विराटनगरका उद्योगी, व्यवसायीलगायतले राष्ट्रपति पौडेललाई अभिनन्दन समेत गरेका हुन् ।
कार्यक्रममा राष्ट्रपति पौडेलले २१ जना स्वतन्त्रता सेनानी, सबभन्दाबढी निर्यात गर्ने उद्योगी र विराटनगरका पत्रकारद्वय अनन्त न्यौपाने र शंकर खरेललाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरि सम्मान गरेका थिए ।
गत २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ४ सय ९५ को पीसीआर गर्दा १ हजार ९६ संक्रमित थपिएका हुन् । योसहित नेपालमा संक्रमितको संख्या २ लाख ४०...
विराटनगर, साउन २–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा कोरोनाको आशंका गरिएका एक व्यक्तिको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या भएपछि मंगलबार राति १० बजे अस्पताल पुगेका विराटनगर ९ गुद्रीका ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ः३० बजे...
विराटनगर । झी पुःच (नेपाल भाषा तथा संस्कृतिक संघ) को अध्यक्षमा भविषकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । झी पुचः को २९ औ साधरणसबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । होटल तथा पर्यटन व्यवसायी...
काठमाडौं, जेठ १०-देशभर आज ७ हजार १३५ संक्रमित निको भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख २० हजार ४६१ जनालाई संक्रमण...
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमीटिको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै सकिएको हो । आजको बैठकमा आफू उपस्थित हुन नसके पनि ओलीले...
काठमाडौं, २ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल...
महोत्तरी २ वैशाख-प्रदेश-२ लाई कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा उपचारमा खटिन स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिङ इक्यपमेन्ट (पीपीई)लगायतका सामग्री हस्तान्तरण गरेकी छन् । आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा लामो समयदेखि प्रदेश-२ का स्वास्थ्यकर्मी त्रासमा काम...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.