प्रदेश २ लाई महिलामैत्री समाजको स्वास्थ्य सामग्री सहयोग

 न्यूज विराट
प्रदेश २ लाई महिलामैत्री समाजको स्वास्थ्य सामग्री सहयोग

महोत्तरी २ वैशाख-प्रदेश-२ लाई कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा उपचारमा खटिन स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिङ इक्यपमेन्ट (पीपीई)लगायतका सामग्री हस्तान्तरण गरेकी छन् ।

आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा लामो समयदेखि प्रदेश-२ का स्वास्थ्यकर्मी त्रासमा काम गर्नु परेको भन्दै संघीय सांसद तथा नेपाल-भारत महिलामैत्री समाजका अध्यक्ष चन्दा चौधरीले मुख्यमन्त्री लालबाबु राउतलाई सो सामग्री हस्तान्तरण गरेकी हुन् ।

स्वास्थ्यकर्मीलाई कोरोना सक्रमणको जोखिमबाट सुरक्षित हुँदै सेवा प्रवाह गर्नका लागि १४ लाख मूल्य बराबरको हाइ प्रेसर वाटर स्प्रे मेसिन, सेनिटाइजर, सर्जिकल मास्क, री यूजूबाल पीपीई, सर्जिकल गमबुट, टोपी, ग्लोभ्सलगायतका सामग्री हस्तान्तरण गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।

समाजका  अध्यक्ष चौधरीले  जिल्ला अस्पताल जलेश्वर, जिल्ला अस्पतालगौर र जिल्ला अस्पताल मलगंवालाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् । स्वास्थ्य परीक्षण गर्न आवश्यक साधनस्रोत नहुँदा सामाजिक दूरी कायम राख्दै सेवा दिँदै आएका अस्पतालका स्वास्थ्यकर्मीलाई सामग्री हस्तान्तरण गरिएपछि  सहज भएको तथा अस्पताललाई सुरक्षित बनाउन समाजले गरेको सहयोगले सङ्क्रमण रोक्न सघाउने विश्वास गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णा साहले व्यक्त गरे ।

सम्बन्धित समाचार

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार बढी, अमेरिकामा एकै दिनमा १९ हजार संक्रमित बढे

युरोपेली देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको दर अत्यधिक बढेको छ । इटालीमा संक्रमित र मृत्युदर रोक्न समस्या परेको छ । त्यहाँ हालसम्म १० हजार २३ जनाकाे कोरोनाका कारण मृत्यु भएको छ । जसमध्ये एक दिनमा...

अब फेरी त्यो असार १५ कहिले आउँछ होला ?

आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु ।  हामि– किन ? आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा  भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु...

बुढीगंगामा युवाहरुबीच ‘ग्याङ फाइट’ प्रकरणः दाहालको हत्या आरोपमा चार जना पक्राउ

विराटनगर, २ मंसिर । मोरङको बुढीगंगामा युवाहरुबिच ‘ग्याङ फाइट’ हुँदा रिजन दाहालको हत्या गरेको आरोपमा चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–७ का २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका–६ का...

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, १५ असोज–कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ का छुट्छा छुट्टै स्थानमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारीमा बिहिबार बिहान एक बृद्धा, र बुधबार राती मोरङ कारागारका एक कैदी र इटहरी उपमहानगरपालिकाका एक...

रातारात एकता गर्ने तयारीमा समाजवादी र राजपा

काठमाडाैं, १० वैशाख-सम्भावित विभाजनलाई रोक्न समाजवादी पार्टीले राजपा नेपालसँग एकीकरणको प्रकृया अगाडि बढाएको छ । समाजवादी पार्टीबाट सांसदहरूको एउटा समूहले भोलि अर्को पार्टी बनाउने चर्चा चलिरहेको बेला उपेन्द्र यादव र राजपा नेताबीच एकता प्रकृया सम्बन्धमा...

२७ जना तेक्वान्दो खेलाडीको बेल्ट ग्रेडिङ

विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन वोर्डिङ स्कुलले २७ जना तेक्वान्दो खेलाडीको बेल्ट प्रमोसन ग्रेडिङ सम्पन्न भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि ग्रेडिङ सम्पन्न गरेको हो । उक्त कार्यक्रममै...

भारतमा एकैदिन थपिए ३ लाख ३७ हजार संक्रमित, ४८८ जनाकाे मृत्यु

भारतमा एकैदिन ३ लाख ३७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा ३ लाख ३७ हजार ७०४ संक्रमित थपिएका हुन् । याे संख्या अघिल्लाे दिनकाे तुलनामा ९ हजार...

नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ । उपभोक्तालाई सो फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्