
योसँगै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । जसमध्ये ३९ हजार ३ सय ४१ जना सक्रिय संक्रमित हुन् । आज देशभर १४ हजार ८ सय ७५ जनाको पीसीआर गरिएको छ ।
पछिल्लाे २४ घण्टामा २ हजार ३ सय २६ जना डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । आइतबार १० जना संक्रमितको मृत्यु भएको स्वास्थ्ष् तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित मृतकको संख्या ७ सय ३९ पुगेको छ ।