डिग्री क्याम्पसको प्रयोगशालाबाट उपकरण चोरी आरोपमा तीन जना पक्राउ

 न्यूज विराट
डिग्री क्याम्पसको प्रयोगशालाबाट उपकरण चोरी आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको प्रयोगशालाबाट विभिन्न उपकरण चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, सोही ठाउँका बर्ष २२ का प्रमोद मण्डल र बर्ष १८ का दिपक पासवान रहेको मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जन कुमार दाहालले जानकारी दिए ।

उनीहरुले प्रयोगशाला भित्र रहेको माईक्रोस्कोप ३ थान, पिएच मिटर १ थान चोरी गरी दराजमा तोडफोड समेत गरेको कसूरमा चोरीका सामान सहित नियन्त्रणमा लिएको डिएसपी दाहालले बताए । क्याम्पसको उपकरणहरु उनीहरुले मंसिर २७ गते अन्दाजी ७ः४५ बजेको समयमा आरोपी गरेको प्रहरीको अरोप छ । पक्राउ परेका तीन जना विरुद्ध मोरङ अदालतबाट चोरी कसूरमा दिन पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको पदस्थापन सम्पन्न

विराटनगर, २७ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन शनिबार सम्पन्न भएको छ । भर्चुअल अनलाईन विधिबाट गरिएको क्लबको १७ औँ साधारणसभा तथा नयाँ नेतृत्पको पदस्थापन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर...

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौं, जेठ २३-रुकुम घटनाको विशेष समिति बनाएर छानबिन गरिने भएको छ । रुकुम घटनालाई लिएर प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि साप्कोटाले संसदीय समिति बनाउने आश्वासन दिएका हुन् । उनले संसदमा रहेका दलहरूसँग परामर्श...

टी–१० क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा एनबीएससी लायन्स विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटनको दोस्रो खेलमा एनबीएससी लायन्सले फुलबारी क्रिकेट क्लबलाई...

प्रदेश २ मा ३ हजार ७ सय ३७ जनामा कोरोना संक्रमण

जनकपुरधाम, २२ असार-प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार महोत्तरीमा २० जना, सर्लाहीमा ८ जना र धनुषामा १ जनामा संक्रमण देखिएको हो । सोमबार संक्रमण पुष्टि भएकाहरूमध्ये...

आजको मौसम : प्रदश–१, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा वर्षा

काठमाडौं, ११ असार । प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश-१ का धनकुटा, इलाम, ताप्लेजुङ र सुनसरीमा पानी परिरहेको मौसमविद् हिरा...

कोशी प्रदेशमा मन्त्रीपरिषद विस्तार, तीन जना मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले तीन मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथसमेत लिएका छन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट...

बाँकेकाे नैनापुर गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण

काठमाडौं, २ जेठ-बाँकेमा एकै दिन ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नैनापुर गाउँपालिका-१, ३ र ५ वडाका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय...

विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो । बैठकले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्