सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव

 न्यूज विराट
सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव

विराटनगर, २६ वैशाख ।सुनवर्षी नगरपालिकाका लागि सदानन्द यादव कुनै नौलो मान होइन । उनी आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका छन् ।

युवा अवस्थादेखि नै राजनीतिमा सकृय रहेका यादव सुनवर्षी नगरमा स्वच्छ छवी भएको नेताको रुपमा आफ्नो परिचय बनाएका छन् । युवा अवस्थादेखिनै सामाजिक क्षेत्रमा सक्रिय रहेका उनले समाजमा कसैलाई दुख पर्दा सधै अगाडी बढेर सहयोग गर्दै आएका छन् ।

यादवसँग साबिक टकुवा गाबिस वडा नं.–९ को वडाअध्यक्ष भएर काम गरिसकेको अनुभव समेत छ । त्यति मात्र होइन उनी २०५४ सालमा सम्पन्न स्थानीयतह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर समेत गाबिस अध्यक्षमा जितेर जनताको मन जित्नेगरी काम गरिसकेका अनुभवी जनप्रतिनिधि हुन् । ‘मसँग बिकासको स्पष्ट मोडल छ र योजना छ । भिजन र अनुभव छ । सुनवर्षीका लागि परिपक्व उम्मेदवार हु ।’ उनले भने,‘त्यसैले यस पटक मलाई सुनवर्षीवासीले अत्याधिक मतले जिताउनु हुन्छ भन्ने विश्वास छ ।’

उसो त यसपटकको निर्वाचनमा सुनवर्षी नगरपालिकामा जसपा र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । जसपा उम्मेदवार यादवलाई माओवादी केन्द्रको साथ छ । विगतमा एक्लै निर्वाचन लड्दा तेस्रो भएपनि यसपटक माओवादी केन्द्रको समेत साथ रहेकाले सुनवर्षी नगरवासीले आफुलाई मत दिएर जिताउनेमा यादव आशावादी छन् । ‘मलाई आशा छ यस पटक सुनवर्षीवासीले मलाई पत्याउनु हुन्छ ।’ उनले भने,‘किनभने स्थानिय निर्वाचनमा यसपटक सुनवर्षीको जनताले पार्टीभन्दा पनि भिजन भएको, योजना भएको उम्मेदवारलाई जिताउनु हुन्छ ।’

राजनीतिमा बिकृती बढीरहेका बेला यादव आफु जनताको सेव ागर्न राजनीतिमा लागेको बताउँछन् । आफु कुनै व्यक्तिगत लाभ र स्वार्थका लागि राजनीतिमा नआएको उनको भनाई छ । देश र जनताको सेवा गर्ने रहर युवा अवस्थादेखिनै जागेको यादवले बताए । ‘सुनवर्षीको जनताले अपेक्षा गरेको कार्यहरु कुनै पनि दलले गरेका छैनन । सबैजना आ–आफ्नै स्वार्थमा लिप्त छन् । जनताको आशा कसैले पुरा नगरेका कारण जनता निरास छन् ।’ उनले भने,‘जनताको हरेक समस्यामा मलहम लगाउन मैले उम्मेदवारी दिएको हो । म सदैव जनताको सेवामा समर्पित रहने छु । जनताको सेवालाई नै सर्वोपरी ठानेर काम गर्ने छु ।’

उनले आफु मेयरमा निर्वाचित भए कुनै पनि नातावाद कृपावादमा नलागी जनताको लागि निश्पक्ष काम गर्ने बताए । यादवले आफु निर्वाचित भएर आएपछि सुरुमा सो नगरपालिकाभित्र रहेको सम्पुर्ण सामुदायीक विद्यालयहरुको गुणस्तर बढाउने, विपन्न तथा तथा जेहेन्दार बिद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्नका लागि मद्दत गर्ने, छु शैक्षिक ऋण दिने व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै युवाका लागि आईडिया बैकको स्थापना गर्दै युवा साथिहरुलाई स्वरोगजार बनाउन हरेक प्रकारको कार्यक्रमहरु उनीहरुकै सल्लाहमा ल्याउने यादवको योजना छ । नगरभित्रका युवाहरुलाई सरकारी जागिरमा प्रवेश गराउनका लागि लोकसेवा परिक्षाको कक्षाहरु निःशुल्क रुपमा दिन एउटा अध्ययान सेन्टर स्थापना गर्ने उनले बताए ।

नगरपालिकामा भएको हरेक क्षेत्रको प्रतिभा जस्तै गायक, गीतकार, खेलाडी मुर्तिकार लगायतका प्रतिभाहरुलाई अगाडि बढाउन आर्थिक साहायता तथा सहयोग सम्मान र प्रोत्साहनसमेत गर्ने यादवको प्रतिवद्धता छ ।

त्यस्तै नगरपालिकाका सम्पूर्ण किसानलाई सिचाई सुविधाका लागि सुरुमा हरेक टोलमा बिजुलीको व्यवस्थापन गर्ने, लो भोल्टेजको समस्याको अन्त्य गर्ने, सस्तो दरमा बिउ बिजन उपलब्ध गराउने, समयमा मल उपलब्ध गराउने र उन्नत तरिकाले खेती गर्नकोलागि विषेशज्ञहरु राखेर एउटा हेल्प सेन्टरको स्थापना गराउने यादवले योजना अघि सारेका छन् ।

बेला बेलामा कृषकलाई प्रशिक्षण दिने, कृषि क्षेत्रमा थप अनुदान दिएर किसानहरुलाई प्रोत्साहनसमेत गरिने योजना यादवको छ । उनले स्थानिय बजार र कृषि उत्पादनलाई प्रवर्दन गरिने प्रतिवद्धता जनाएका छन् । ‘नगरपालिकाको हरेक नागरिकको स्वास्थ्य बिमा निशुल्क गर्ने छु । जस कारण सबै जनतालाई बिरामी परेपछि उपचार गर्न गराउन कुनै प्रकारको आर्थिक समस्या हुने छैन ।’ उनले भने,‘ विपन्नका लागि एउटा छुट्टै उपचार कोष खडागरी समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने छु । आमा दिदिहरुलाई सिप मुकल तालिमहरु दिएर उहाँहरुलाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउने छु ।’

उनले नगरका जेष्ठन नागरिकहरुका लागि टोलटोलमा मिलन केन्द्रको स्थापना गर्ने योजना बनाएका छन् । जेष्ठ नागरिकहहरुको आत्मबल बढाउने खालाको कार्यक्रम उनीहरुकै सल्लाहमा ल्याउने यादव बताउँछन् । जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता घर–घरमानै पुर्याईदिने ब्यवस्था मिलाउन वडामा एउटा हेल्प सेन्टर निर्माण गर्ने यादवले जनता माझ प्रतिवद्धता जनाएका छन् । साथै बर्षको दुई पटक जेष्ठ नागरिकलाई सम्मानको कार्यक्रमहरुसमेत राखिने यादवले बताए ।

यादवले आफु निर्वाचित भएको खण्डमा सडक, पुल लगायत भौतिक पुर्वाधार निर्माणका कामहरु पारदर्शी ढंगले गर्दै ठुला योजनाका लागि प्रदेश एवम् सघिय सरकारसँग पहल गर्ने बताए । उनले दातृ निकायसँग समन्वय गरि विकासको योजना र कार्यक्रमहरु ल्याउने बताए ।

नगर क्षेत्रका सम्पूर्ण मठमन्दिर मस्जिद एवम् धार्मिक स्थलहरुको निर्माण एवम निर्माण भइसकेका संरचनाको उचित संरक्षण गर्ने यादवको योजना छ । ‘सबैको आत्म सम्मान बढ्ने खालको काम गर्ने छु । हरेक टोल टोलमा सुझाव पेटिका राख्ने छु । यस वडाको जनताको सुझाव सल्लाह अनुसार नै वडाको बार्षिक कार्य योजना निर्माण काम गर्ने छु ।’ उनले भने,‘नगरपालिकामा व्यापारीहरुलाई संगठित गर्न ब्यापार संघको स्थापना गर्ने छु । ससक्त ढंगबाट उहाहरुको हितमा पनि विभिन्न कार्यक्रम ल्याउने छु ।’

उनले जसपाबाट उम्मेदवार भएको आफुले स्पष्ट र भिजनसहितको योजना ल्याएकाले आफ्नो जित निश्चित भएको बताए । गत स्थानिय निर्वाचनमा तेस्रो लोकप्रिय मत पाएका यादवले यस पटक आफुले जित्ने दावी गरे । यादवको उम्मेदवारीका कारण स्थानीय जनता समेत उत्साहित भएको उनको भनाई छ । त्यसैले यादवलेनै जित्नुपर्ने उनी समर्थित स्थानीयको चाहना छ ।

 

सम्बन्धित समाचार

विराटनगरको उपमेयर उम्मेदवार कार्कीविरुद्धको उजुरीमा छानबिन थालियो

विराटनगर, १४ वैशाख ।नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु भएको छ । उजुरीमा निर्वाचन अधिकृतको कार्यालयले छानबिन थालेको हो । उपमेयर उम्मेदवार कार्कीसहित पाँचजना उमेदवारविरुद्ध उजुरी परेको मुख्य...

निशानदेवीले वितरण गर्यो मोरङका पत्रकारलाई सुरक्षा सामग्री

विराटनगर, १६ असोज–मोरङका पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरिएको छ । निशानदेवी मिडिया प्रालिले कोरोना माहामारीकाबिच पनि अग्रपंक्तिमा रहेर खटिने जिल्लाका तीन दर्जन पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । निशानदेवी मिडिया प्रालिले एक कार्यक्रमकाबिच...

विराटनगरमा कपडाको गोदाममा छापा, तस्करीको दुई गाडी कपडा बरामद

विराटनगर । विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ । कपडाको व्यापारी साहको गोदाममा शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो परिमाणको...

विराटनगरमा गाउँघर क्लिनिकको सेवा विस्तार

विराटनगर । विराटनगर महानगरपालिकामा पहिलो पटक वडास्तरमा गाउँघर क्लिनिकको सेवा विस्तार गरिएको छ । सेवाको विस्तार विराटनगर ८ बाट गरिएको हो । विराटनगर ८ मा प्रत्येक महिनाको ९ र १० गते गाउँघर क्लिनिकको सेवा प्रवाह...

कुलमानविरुद्ध परेको मुद्दामा मिसिल कागज झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, भदौ ८ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्ति गर्ने सरकारको निर्णय गैरकानुनी भएको भन्दै हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउन आदेश दिएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...

निजी विद्यालयमाथि विभेद भयो : नेसनल प्याब्सन

काठमाडौं, १६ जेठ-राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारले निजी विद्यालयलाई विभेद गरेको बताएको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा निजी विद्यालयलाई उपेक्षा गरेकाे नेसनल प्याब्सनको ठहर छ ।...

२ अर्ब बढीको मेडिकल सामग्री खरिद गरेको सेनालाई ढुवानी खर्च थप २५ करोड लाग्ने

नेपाली सेनाले मेडिकल सामग्री खरिदका लागि चीनको चिनियाँ सिनो फार्म इन्टरनेसनल कम्पनीसँग सम्झौता गरेको छ । चीनबाट ल्याउने भनिएको ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सिनो फार्मसँग सेनाले २ अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता...

प्रदेश १ मा कसको सरकार ?

विराटनगर । निर्वाचन परिणाम आउने क्रम अन्तिम समयमा पुगेसँगै प्रदेश १ को सरकार कस्तो बन्ला भन्ने चर्चा सुरु भएको छ । कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा फेरि पनि मिलीजुली सरकार बन्ने अवस्था आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्