
शुक्रबार बिहान आएको कोरोना परीक्षण नतिजाकाे पोेजिटिभ रिपाेर्ट आएकाे उनले जानकारी दिएका छन् ।प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले आफूलाई काेराेनाकाे कुनै पनि लक्षण भने नदेखिएको जानकारी गराएका छन् । आफू अहिले डाक्टरको सल्लाहअनुसार आइसाेलेसनमा बसेको जानकारी गराएका छन् । यसैबीच उनले आफूसँग सम्पर्कमा आएकालाई सावधानी अपनाउनुका साथै परीक्षण गर्न आग्रह गरेका छन् ।