रुकुमपूर्वका २ किशोर १४ दिनदेखि वेपत्ता - News Birat

रुकुमपूर्वका २ किशोर १४ दिनदेखि वेपत्ता

न्यूज विराट

रुकुमपूर्व, २० जेठ-रुकुमपूर्वको भूमे गाउँपालिका-२, काँक्रीका सहोदर २ दाजुभाइ २ सातादेखि वेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् ।

पारिवारिक स्रोतका अनुसार यही ४ जेठमा दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका थिए । दिदी कहाँ बसेर  ६ जेठमा  घर आउन भनी थबाङबाट हिँडे पनि अहिलेसम्म उनीहरू सम्पर्कमा आएका छैनन् ।

थबाङबाट बाटो लाग्दासम्म सम्पर्कमा रहेका उनीहरू साँझसम्म पनि घर नफर्केको बुबा पलबहादुरले जानकारी दिए । हराएको १९ दिनसम्म पनि २ छोरा सम्पर्कमा नआएपछि खोजिदिन परिवारले सबैमा आग्रह गरेको छ । परिवारले उनीहरूको खोजी गरिदिनका लागि प्रहरीमा सोमबार निवेदन पनि दिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles