
प्रदेश १ मा ३९० जनामा कोरोना संक्रमण
विराटनगर, २९ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण...
विराटनगर । मोरङको बेलबारी नगरपालिका – ३ स्थित १५ शैय्याको कोशी प्रदेश प्रहरी अस्पताल रातारता सारेर सुनसरीको इनरुवामा लगिएको छ ।
संचालनमा आएको ९ महिनापछि मंगलबार मध्य राती स्थानीय पालिकासँग कुनै समन्वय र सहकार्य नगरि प्रहरीले संचालन गरेको प्रदेशस्तरीय प्रहरी अस्पताल इनरुवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा लगेको हो ।
नेपाल प्रहरीको व्यवस्थापनमा बेलबारी सञ्चालित अस्पताल २०७९ फागुन १० गते आइजीपि धिरज प्रताव सिंहले उद्घाटन गरेपछि संचालनमा आएको थियो । यहाँ दैनिक ३० जनासम्म ओपीडिमा विरामी आउने गरेको अभिलेखमा देखिन्छ । अस्पतालमा ९ औं तहका चिकित्सकसहित ६० जनाको दरबन्दी रहेको थियो । ९ औं तहका एमडिजिपी गरेका डाक्टर डिएसपी, दुई जना मेडिकल अपिसर र स्वास्थ्यकर्मी बसेर अस्पतालमा सेवा दिदै आएका थिए । जनप्रतिनधी, राजनैतिक दल र स्थानीयलाई जानकारी नदिकन प्रहरीले एक्कासि अस्पताल सारेर सुनसरी लगेपछि यहाँका स्थानीय आक्रोसित बनेका छन् । बुधबार बेलबारी नगरपालिकाले प्रदेश अस्पताल अगाडी पत्रकार सम्मेलन गरि प्रदेश प्रहरी अस्पताल साविककै स्थानमा कायम हुनुपर्ने माग राखेका छन् । त्यस क्षेत्रका प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, बेलबारी नगरपालिकाका उपमेयर नितु थापा, उद्योग वाणिज्य संघ र स्थानीय राजनीतिकर्मीको टोलीसहितको उपस्थीतिमा अस्पताल सार्ने निर्णाय सच्याइ याथास्थानमा प्रदेश अस्पताल हुनुपर्ने उनीहरुको माग छ ।
अस्पताल साविककै स्थानमा कायम हुनुपर्ने बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापाले बताइन् । ‘प्रदेश प्रहरी अस्पतालको लागि नगरपालिकाले प्रत्येक वर्ष बजेट बिनायोजन गर्दै आएको छ । चालु आर्थिक वर्षको लागि पनि १० लाख रुपैयाँ बजेट बिनायोजन गरिएको थियो । यसरी अस्पतालको लागि नगरपालिकाले पनि सहयोग गर्दै आएको थियो । तर, हामीलाई कुनै जानकारी बेगार यसरी मध्यरातमा हस्पिटल सारिएको छ । यो मान्य हुनेछैन,’ उनले भनिन्, ‘हामीले १० करोड बढी लगानी गरेर बेलबारी ४ बुधबारेमा प्रदेश अस्पतालको लागि सुविधा सम्पन्न भौतिक संरचना निमार्णको काम अन्तिम चरणमा पुगेको छ । भौतिक सरंचाना सुविधा सम्पन्न ठाउँमा लैजाने तयारी गरिएको थियो । यसरी रातारातबन्दै प्रदेश प्रहरी अस्पताल सारिनु लगत छ । यो तत्काल साविकको स्थानमा हुनुपर्दछ ।’
नगरपालिकाले प्रदेश प्रहरी अस्पतालको लागि चिकित्सकको आवासको व्यवस्थापन,अस्पतालको रंगरोगन, अपतालमा एयर कण्डिसन एक थान एसी पनि जडान गरिएको उनले बताइन् । पत्रकार सम्मेलनमा प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले बेलबारीमै प्रदेश प्रहरी अस्पताल ल्याउनुपर्ने बताए । ‘त्यसको लागि पहल र मुख्यमन्त्रीको ध्यानाकर्षण गराउने काम पनि भइको छ,’ उनले भने ।
अस्पतालले जग्गा उपलब्ध गराउन स्थानीय सरकारसमक्ष प्रस्ताव गरेको थियो । त्यसबारे छलफल गरी पूर्वनगर प्रमुख तथा वर्तमान कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले आफ्नै दुई बिघा जग्गा दिने सहमति जनाएका थिए । ‘मैले आफ्नै जग्गा दिने भनेको हुँ । त्यो नभए अहिले नगरपालिकाले निर्माण गरिरहेको नगर अस्पतालमै प्रहरी अस्तपाल संचालन गर्न प्रस्ताव समेत गरिएको थियो । तर उहाँहरूले सल्लाह नै नगरी रातारात भाग्नुभएछ,’ उनले भने ।
कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी राजेशनाथ बास्तोलासँग बुझ्दा केन्द्रीय कार्यालयबाट निर्देशन भएबमोजिम नै अस्पताल सारिएको जवाफ पाएको सांसद सुवेदीले सुनाए । यता डिआइजी बास्तोलाले प्रदेशभित्रै अस्पताल सारिएको बताए । ‘अन्तर प्रदेशमा सारिएको होइन् । यही प्रदेशको अर्को जिल्लामा सारिएको हो,’ उनले भने, ‘साँघुरो संरचना र पुरानो भवनबाट सेवा प्रभाहमा समस्या भएपछि प्रहरी प्रधान कार्यालयबाट निर्देशन बमोजिम अस्पताल सारिएको हो ।’
विराटनगर, २९ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण...
विराटनगर । उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका एक जना कैदी भारत भागेको आशंका गरिएको छ । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद...
विराटनगर, २ मंसिर । प्रदेश १ सरकारले बजेट परिमार्जन गर्ने भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट गठबन्धन सरकारले परिमार्जन गर्न लागेको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले...
काठमाडौं, २६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा कोभिड-१९ को...
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप लगाएको खोपकार्ड अनिवार्य गरेको विरोधमा सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले नेपाल सरकार मन्त्रिपरिषद्...
विराटनगर, ७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...
विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिकाको जारी मतगाणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले सुरुदेखि अहिलेसम्म अग्रता कायम राखेका छन् । उनले लगातार फाराकिलो मतान्तर बढाउँदै लगेका हुन् । भर्खरै सार्बजनिक मतपरिणाम...
विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.