एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत
शुक्रबार, ०७ मंसिर, २०८१,
न्यूज विराट
रंगेली । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि नेकपा (एमाले) मोरङको सम्पूर्ण शक्ति ग्रामथान गाउँपालिकामा केन्द्रीत भएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उप निर्वाचनको परिणाम एमालेको पक्षमा पार्न पार्टी मोरङको सम्पूर्ण शक्ति सोही ठाउँमा केन्द्रीत भएको हो ।
शुक्रबार ग्रामथान गाउँपालिकाको झोराहाटमा जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षता र केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जिवन घिमिरेको प्रमुख आतिथ्यतामा बसेको दोस्रो पूर्ण बैठकले हाललाई पार्टीका अन्य आन्तरिक गतिविधिहरु थाती राख्दै सम्पूर्ण जिल्ला कमिटीको शक्तिलाई ग्रामथानमा हुने निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज घिमिरेले अन्य विपक्षी उम्मेदवारको तुलनामा एमालेका उम्मेदवार तुलसीराम विश्वास स्वच्छ छबी भएको र जनताले विश्वास गरेकोपात्र भएकाले उनलेनै निर्वाचन जित्ने देखिएको बताउनुभयो ।
उहाँले मुलुकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएकाले चुनावी महौल पार्टीकै पक्षमा रहेपनि अनेकौँ चलखेल हुनसक्ने बताउँदै निर्वाचन परिणाम नआउन्जेल पार्टीको सम्पूर्ण शक्ति ग्रामथानमा केन्द्रीत हुँदै चनाखो रहनुपर्ने बताउनुभयो । ‘भए मध्येका उम्मेदवारहरुमा हरेक हिसाबले हाम्रो उम्मेदवार अब्बल सावित भइरहनु भएको छ ।’ उहाँले भन्नुभयो,‘अरु पार्टीका उम्मेदवारका हकमा अनेक प्रश्न उठेको छ, अत्यन्त विवादास्पद उम्मेवार छन् । हाम्रो उम्मेदवारका विषयमा प्रश्न उठाउने ठाउँ छैन ।’
नेता घिमिरेले यसपटकको निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने भएकाले एमालेले कुनै हालतमा यो निर्वाचन जित्नुपर्ने र यसका लागि सम्पूर्ण पार्टी पंक्ति एक ढिक्का भएर लागि पर्न निर्देशन दिनुभयो ।
त्यस्तै, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले झुट र भ्रमको खेती गरेर चौतर्फी रुपमा एमालेलाई बद्नाम गर्ने प्रयास गरेपनि नेपाली जनताले सफल हुन नदिने बताउनुभयो । उहाँले अहिले चौतर्फी निशाना एमालेलाई बनाइरहेको सन्दर्भमा त्यसलाई इलाम र बझाङको निर्वाचनले चिरेको बताउँदै ग्रामथानको परिणाम पनि पार्टीको पक्षमा पारेर कडा जवाफ दिनुपर्ने र यस कार्यमा सवै तहबाट जुट्न निर्देशन दिनुभयो ।
जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्कीले मोरङको सम्पूर्ण पार्टी पक्ति, जनसंगठनहरु, मातहतका सवै कमिटी, नेता कार्यकर्ता, निर्वाचनमा केन्द्रीत भएर आ–आफ्नो ठाउँबाट पार्टीलाई जिताउन लागि पर्नुपर्ने बताउनुभयो ।
उहाँले कार्ययोजनासहित पार्टीका उम्मेदवार विश्वासलाई जिताउने गरि जिल्लाभरीका सम्पूर्ण नेता कार्यकर्तालाई जिम्मेवारी अनुसार खटिन आग्रह गर्नुभयो । अध्यक्ष कार्कीले निर्वाचनको माहोल एमालेको पक्षमा रहेको र यसलाई अन्तिमसम्म कायम राख्न सवै सजग भएर लाग्नुपर्ने बताउनुभयो ।
बैठकमा १७ वटै पालिका कमिटीले निर्वाचन केन्द्रीत बनाएको कार्ययोजनाबारे रिपोर्टीङ समेत गर्नुभएको जिल्ला कमिटी सचिव रविन थापाले जानकारी दिनुभयो ।
जिल्ला कमिटी बैठक केन्द्रीय सदस्य युवराज बास्कोटा, रामलाल साह, केन्द्रीय सल्लाहकारहरु, प्रदेश कमिटीका नेताहरुलगायतको आतिथ्यतामा सम्पन्न भएको प्रचार विभाग प्रमुख सन्तोष बान्तवाले बताउनुभयो ।
विराटनगर । विराटनगरमा जारी १ नं। प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगितामा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको खेलमा युनाईटेड भेट्रान्स क्लब विराटनगरलाई ६– २...
काठमाडौं, ११ जेठ-गृहमन्त्रालयले भोलि इदको सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको महान पर्व इद उल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको हो । यसअघि सरकारले ११ जेठमा इदको इदको बिदा दिने घोषणा गरेको...
काठमाडौं, २० साउन -भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । आजका दिन १ वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका...
दैलेख, ३१ जेठ-दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।...
विराटनगर, माघ २६–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक पनि अबरुद्ध गरेको छ । आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद उठेर बैठक अवरुद्ध गरेका थिए । प्रतिपक्षका सांसद उठेर विरोध...
काठमाडौं, २५ असार-व्यवसायीले यथास्थितिमा सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेलगत्तै व्यवसायीले यथास्थितिमा यातायात चलाउन नसकिने बताएका हुन् । यातायात व्यवसायीले साविक...
नेकपा एमालेको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री...
विराटनगर, २१ असार । अझ खुकुलो प्रावधानसहित मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले यस अघि भन्दा अझ खुकुलो बनाउदै निषेधाज्ञाको समयावधि एक साता थप गरेको हो । जिल्ला प्रशासन...