प्रदेश सरकारले महिलालाई अब उद्यमी बनाउछः मुख्यमन्त्री कार्की

 न्यूज विराट
प्रदेश सरकारले महिलालाई अब उद्यमी बनाउछः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउने बताउनु भएको छ।
मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय महिलावादी मञ्च–२०८० सम्मेलनको उद्घाटन गर्दै उहाँले महिलालाई तालीम मात्र होइन, उद्यमी बनाउनका लागि आवश्यक बजेट छुट्याएको हुनाले सोही अनुसार आफु यहाँ बोलिरहेको प्रष्ट पार्नुभयो ।
मुख्यमन्त्री कार्कीले महिलाको आर्थिकस्तर वृद्धि गर्न जुनसुकै कठिन परिस्थितिको पाइलना चाल्न आफु तयार रहेको चर्चा गर्दै जनताको मन मस्तिक आफु गाडिएकोले चाँडै पदबाट नहटने बताउनु भयो ।
उहाँले सरकार प्रदेशको मानवीय सुचाङक बढाउने कार्यमा लागि परेको बताउदै यो सरकारले अन्य छ वटै प्रदेशका सरकारको यस विषयमा नेतृत्व लिने दावी समेत गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशका बालबालिका अव रकमको अभावमा उपचार नपाएर मृत्यु हुनै छैन भन्दै यसका लागि वाटो, सामुदायिक भवन लगायत जस्ता कार्यको बजेट कटौती रकमको जोहो गरेको प्रष्ट पार्नुभयो ।
उहाँले विभद रहित समाज निर्माण गर्न महिलाहरुलाई अगाडि आउनु पर्नेमा जोड दिदै यस कार्यमा सरकार साथ रहने प्रतिवद्धता समेत व्यक्त्त गर्नुभयो ।
नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले महिला तथा घरेलु हिंसा र समाजमा रहेका कुरिती विरुद्ध लड्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।
महिला राष्ट्रिय सञ्जालकी सस्थापक अध्यक्ष डा रेणु अधिकारीले लोकतान्त्रिक पद्धितिमा महिलाको आवाज तीन तहको सरकारले सुन्ने विचार राख्नुभयो ।
सञ्जालकी प्रदेश अध्यक्ष्प मन्जिता उपाध्याय,प्रदेश सभा सदस्य मिना श्रेष्ठ, महिला मानव अधिकार रक्षक मोरङककी अध्यक्ष इन्दु चौधरी लगायतले महिलामाथि हुने असमानता एवं अपमानमूलक कार्यको विरोधमा महिलाहरु अगाडि आउनु पर्ने सुझाव दिनुभयो ।
दुई दिने उक्त्त सम्मेलनमा प्रदेश सभाका महिला सदस्यहरु, प्रदेशका १४ जिल्लाका उपप्रमुखहरु, सञ्जालका प्रतिनिधिहरु, मानवअधिकारवादी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागिता रहेको छ ।

सम्बन्धित समाचार

एसपिपी सम्झौता गर्ने कुरै छैन : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपिपी सम्झौता बर्तमान सरकारले नगर्ने बताएका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । माओवादीले सरकारले एसपिपी सम्झौता गर्न...

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट...

कटहरीमा सर्पंदंश उपचार केन्द्र निर्माण सुरु

विराटनगर, जेठ २३–मोरङको कटहरी गाउँपालिकामा सामुदायीक सर्पदंश उपचार केन्द्रको निर्माण कार्य सुरु भएको छ । कटहरी गाँउपालिका–५ थलाह स्थित सूर्य दल गण व्यारेक परिसरमा रहेको २ कठ्ठाजग्गामा सर्पदंश प्राथमिक उपचार केन्द्र निर्माण कार्य सुरु भएको...

कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि इटहरी उपमहानगरपालिका थप दुई दिन बन्द

विराटनगर, २१ असोज-सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय थप दुई दिन बन्द हुने भएको छ । वडा कार्यालयसहित उपमहानगरपालिकाको कार्यालय बन्द हुने भएको हो । कार्यालयका कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि १६ असोजदेखि ५ दिन कार्यालय बन्द गरिएको...

साउदीको दमामबाट १ सय ५४ नेपाली स्वदेश फर्किए 

काठमाडौं, ५ असार-साउदीको दमामबाट १ सय ५४ जना नेपाली स्वदेश फर्किएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत् १ सय ५४ नेपाली नेपाली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यो उडानमार्फत् स्वदेश फिर्तीका...

गच्छदारलाई फसाएको भन्दै माइतीघरमा नेवि संघको प्रदर्शन

काठमाडौं, माघ २४–नेपाली कंग्रेस निकट विद्यार्थी संगठन नेवि संघले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । कांग्रेस नेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा पूर्वाग्रहणपूर्ण तरिकाले मुद्दा दर्ता गरिएको भन्दै नेवि संघले प्रदर्शन गरेको हो । प्रदर्शनपछि...

३३ किलो सुन काण्ड: आजदेखि अन्तिम सुनुवाई सुरु, भोलि सकिने

विराटनगर, १० असोज । साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ आजदेखि सुरू भएको छ । साढे ३३ किलोग्राम सुन प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको...

खड्का परिवारद्वारा विराटनगरको मानव सेवा आश्रमलाई चार करोडको जग्गा प्रदान

विराटनगर, १४ फागुन । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले रु चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्