साउदीको दमामबाट १ सय ५४ नेपाली स्वदेश फर्किए  - News Birat

साउदीको दमामबाट १ सय ५४ नेपाली स्वदेश फर्किए 

न्यूज विराट

काठमाडौं, ५ असार-साउदीको दमामबाट १ सय ५४ जना नेपाली स्वदेश फर्किएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत् १ सय ५४ नेपाली नेपाली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

यो उडानमार्फत् स्वदेश फिर्तीका लागि ४ सय ४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको थियो । साउदीमा समस्यामा परेका अन्य नेपालीको स्वदेश फिर्तीको लागि प्रक्रिया अघि बढेको पनि दूतावासले जनाएको छ ।

साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको हो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एअरलान्सले दोस्रो उडान शनिबार भर्नेछ ।

यो उडानमार्फत् स्वदेश फिर्तीका लागि २२६ प्राथमिकतामा परेका छन् । यस्तै, साउदीको रियादबाट नेपाल एअरलाइन्सले २१ जुनमा साउदीबाट उडान भर्नेछ । यस्तै, आज माल्दिभ्सबाट पनि १ सय ५० जना, कुवेत र कतारबाट पनि नेपाली स्वदेश फर्कंदै छन् । कुवेत र कतारबाट कति नेपाली फर्कंदै छन् भनेर संख्या भने यकिन भएको छैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles