
काठमाडौं, माघ २४–नेपाली कंग्रेस निकट विद्यार्थी संगठन नेवि संघले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । कांग्रेस नेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा पूर्वाग्रहणपूर्ण तरिकाले मुद्दा दर्ता गरिएको भन्दै नेवि संघले प्रदर्शन गरेको हो ।
प्रदर्शनपछि कोणसभामा बोल्दै नेवि संघका सभापति राजीव ढुंगानाले गच्छदारलाई अख्तियारले पूर्वाग्रहपूर्ण तरिकाले फसाएको आरोप लगाए । उनले सत्तारुढ दलका नेतामाथि मुद्दा नचलाएर विपक्षीलाई सिध्याउने षढ्यन्त्रमा सामेल भएको आरोप लगाए ।