कटहरीमा सर्पंदंश उपचार केन्द्र निर्माण सुरु - News Birat

कटहरीमा सर्पंदंश उपचार केन्द्र निर्माण सुरु

न्यूज विराट

विराटनगर, जेठ २३–मोरङको कटहरी गाउँपालिकामा सामुदायीक सर्पदंश उपचार केन्द्रको निर्माण कार्य सुरु भएको छ । कटहरी गाँउपालिका–५ थलाह स्थित सूर्य दल गण व्यारेक परिसरमा रहेको २ कठ्ठाजग्गामा सर्पदंश प्राथमिक उपचार केन्द्र निर्माण कार्य सुरु भएको हो।

सो उपचार केन्द्रको कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामत, जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डल र सुर्यदल गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडयालसहितले भवन शिलन्यास गरेका छन् ।

सो सामुदायीक सर्पददंश उपचार केन्द्र निर्माणका लागि विराटनगर–३ का समाजसेवी राजेन्द्र खनालले जग्गा उपलब्ध गराएको कटहरी गाउँपालिकाका अध्यक्ष कामतले जानकारी दिए ।

भवन निर्माणका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा २० लाख रुपैँया बजेट विनियोजन गरेको सूर्यदल गणका सहसेनानी खड्ग बहादुर निरौलाले जनकारी दिए ।

शिलान्यास कार्यक्रममा बोल्दै कटहरी गाउँपालिकाका अध्यक्ष कामतले निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए ।

गर्मीमा तराई क्षेत्रमा सर्पको डसाईबाट धेरैको ज्यान जाने गरेकाले सर्पदशं उपचार केन्द्रले सञ्चालनमा आएपछी सर्पको टोकाइबाट अब सो क्षेत्रका जनताले अकालमै ज्यान गुमाउनु नपर्ने स्थानीय सुभाषकुमार सरदारले बताए ।

सर्पदंश उपचार केन्द्रले मोरङका कटहरी, ग्रामथान, जहदा गाउँपालिका, रंगेली, सुनवर्सी, र रतुवामाई नगरपालिकाका जनता लाभान्वित हुने कटहरी गाउँपालिकाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles