कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि इटहरी उपमहानगरपालिका थप दुई दिन बन्द - News Birat

कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि इटहरी उपमहानगरपालिका थप दुई दिन बन्द

न्यूज विराट
विराटनगर, २१ असोज-सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय थप दुई दिन बन्द हुने भएको छ । वडा कार्यालयसहित उपमहानगरपालिकाको कार्यालय बन्द हुने भएको हो ।

कार्यालयका कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि १६ असोजदेखि ५ दिन कार्यालय बन्द गरिएको थियो । तर, संक्रमितको संख्या बढ्दै गएपछि थप दुई दिन बन्द हुने भएको हो ।

कन्ट्याक ट्रेसिङबाट थप सेवाग्राही र कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि २३ असोजसम्मका लागि वडा कार्यालयसहित उपमहानगरपालिकाको कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles