मोरङको रतुवामाइबाट सरकारी छाप किर्ते गरेको आरोपमा पाँच जना पक्राउ

 न्यूज विराट
मोरङको रतुवामाइबाट सरकारी छाप किर्ते गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । मोरङको रतुवामाइ नगरपालिकाबाट सरकारी छाप दस्तखत किर्ते सम्वन्धि कसुरमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । रतुवामाई नगरपालिका वडा नं.३ का वडाध्यक्ष वर्ष ५५ का देविलाल ताजपुरियाको हस्ताक्षर र छाप किर्ते गरी सिफारिस लिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रतुवामाई ४ बस्ने वर्ष ६५ का चेतनलाल राजवंशी, वर्ष ६२ का झरिया देवि राजवंशी, ६३ वष्र्वाका विष्णु राजवंशी, ६३ वर्षको पैखन लाल राजवंशी र वर्ष ६४ का कन्हारु लाल केवरत रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । उनीहरुले कार्तिक २ गते जग्गा बिक्रीको लागि वडाबाट सिफासिर लिनको लागि किर्ते हस्ताक्षर र सरकारी छाप दुरुपयोग गरि नक्कली बनाएको आरोप छ । ‘जग्गा पास गराउन रंगेलीको मालपोत कार्यालय गएका रहेछन् । वडाले दिएको सिफारिसमा अध्यक्षको जस्तै सही किर्ते लागेपछि मालपोतलाई शंका लागेछ । त्यसपछि प्रहरीलाई खबर गयो । त्यसपछि वडाअध्यक्षलाई बोलाए । चलानी नम्बर पनि रेकट नभएको पत्र बनाएर किर्ते कागजपत्र ल्याएको पत्ता लागो । त्यसपछि वडाअध्क्षले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो,’ डिएसपी दाहालले भने ।

जाहेरी परेपछि कार्तिक १६ गते मोरङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोजतलास कार्य भई रहेकोमा मंगलर ९ गते रतुवामाई नगरपालिका वडा नं.४ झुर्कियाबाट पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

कोरोना सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्र सुनसान

भद्रपुर, २ चैत–कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । धार्मिक...

विद्यार्थीको रोजाइमा सगरमाथा 

विराटनगर । विराटनगर– ११ पाञ्चालीमा रहेको सगरमाथा स्कुल स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ । २०५३ सालमा स्थापित यस स्कुलले छोटो समयमानै...

छबुँदे माग पूरा गर्न नेपाल समूहले दियो ओलीलाई ४ बजेसम्मको अल्टिमेटम

नेकपा एमालेको नेपाल-खनाल समूहले आफ्ना ६ बुँदे माग पूरा गर्न अध्यक्ष केपी ओलीलाई तीन घण्टे अल्टिमेटम दिएको छ । नेपाल समूहको आकस्मिक स्थायी कमिटीको बैठकले अध्यक्षद ओलीलाई माग पूरा गर्न अपरान्ह चार बजेसम्मको अल्टिमेटम दिएको नेता भीम...

विराट नर्सिङ होमले ल्यायो ‘हेल्थ रेकर्ड बुक’, बालवालिकाको लागि बहुउपयोगी

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले ‘हेल्थ रेकर्ड बुक’ ल्याएको छ । स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले बहुउपयोगी ‘हेल्थ रेकर्ड बुक’ विराटले ल्याएको हो । हस्पिटलले मंगलबार पत्रकार सम्मेलन गरी समुदाय र संस्थाहरुसँग दिगो सम्बन्ध...

कालिकोट दुर्घटना : २२ जनाको सकुशल उद्धार, ६ जना अझै बेपत्ता

सुर्खेत, २८ जेठ-कालिकोटको लालीघाटमा भएको टिपर दुर्घटनामा २२ जनाको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान ३९ जना सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । उक्त घटनामा...

बुद्धोदय सहकारीको नाफा ५९ लाख ५२ हजार

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी सस्था लि. ले ५९ लाख भन्दा बढी नाफा कमाएको छ । सहकारीको स्थापना दिवस तथा १६ औं वार्षिक साधरण सभामा प्रतिवेदन पेश गर्दै आर्थिक...

खुमलटारमा प्रचण्ड-खनाल ३ घण्टा भेटवार्ता

काठमाडौं, १५ वैशाख-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ झलनाथ खनाल पनि प्रचण्ड निवास खुमलटारमा ३ घण्टा लामो छलफल गरेको उच्च स्रोतले बताए । अहिलेको अवस्था धेरै लम्ब्याउन नहुने र छिटो...

प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए

विराटनगर, २ साउन । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्