कोरोना सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्र सुनसान

 न्यूज विराट
कोरोना सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्र सुनसान

भद्रपुर, २ चैत–कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र किच्चकबध, कृष्णथुम्की, अर्जुनधारा जलेश्वरधाम, शिवसताक्षीधाम, दोमुखा, जामुनखाडी, बाँसबारी, कालिकालगायतका सिमसार क्षेत्रमा दैनिक १५ दिनयता आन्तरिक पर्यटकसमेत आउन ठप्प भएको छ । ती क्षेत्रमा खोलिएको होटल व्यवसायमा समेत परेको छ ।

दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर लावतीले नेपाल सरकारले भिडभाडमा नजान, सभासम्मेलन र गोष्ठीलगायतका कार्यक्रम नगर्न आग्रह गरेसँगै पर्यटक आउन छाडेको बताए । “कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण कोही पनि आउँदैनन्”, उनले भने, “यसले पर्यटन क्षेत्र धरासायी बनायो ।” उनले यतिबेला समितिका पदाधिकारी नै स्थानीय सरकारसँग मिलेर कोभिड–१९ बाट जोगिन स्थानीयवासीलाई सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।

भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङलगायत पश्चिम बङ्गालबाट र नेपालकै विभिन्न जिल्लाबाट दैनिक सयौँको सङ्ख्यामा आउने पर्यटक ठप्प भएपछि मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वन सुनसान भएको छ । बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तक्दिर प्रसाइँले चीनमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि पर्यटक आउन कम भएको बताउँदै भने, “अहिले त झन ठप्प छ कोही आउँदैनन् ।”

दैनिक ५०० भन्दा बढी पर्यटक आउने जामुनखाडी सिमसार क्षेत्रमा समेत पर्यटक आउन छाडेका छन् । प्रदेश नम्बर–१ को सरकारले वन्यजन्तु आरक्षण केन्द्रको रूपमा विकास गरेसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको थियो । जामुनखाडीको मिनी चिडियाखानामा रहेका बाघ, भालु, अजिङ्गर, नील गाई, हरिण, जरायोलगायतका दर्जनौँ जनावर हेर्नका लागि विद्यार्थीको समेत भीड लाग्ने गरेको थियो । शनिबारसमेत जिल्लाकै विद्यालयबाट आउने विद्यार्थी आउन छाडेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्याम सिटौलाले बताए । (रासस)

सम्बन्धित समाचार

बुद्ध जयन्तीमा पनि सुनसान लुम्बिनी

बुटवल, २५ वैैशाख-कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । यसबाट पर्यटकीय क्षेत्र पनि अछुतो छैन । बसन्त ऋतुमा फूलहरु फुलेर ढकमक्क र पालुवा पलाएर...

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण

पोखरा, १९ जेठ-गण्डकी प्रदेशमा थप ३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । नवलपुरको कावासोती नगरपालिकाका ३६, २२ र विनयत्रिवेणी गाउँपालिकाका १४ वर्षी किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै स्थानीय...

रिसोर्टमा युवतीको मृत्यु

डडेल्धुरा, १४ जेठ-डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुराँस रिसोर्टमा १ युवती मृत भेटिएकी छिन् । प्रहरी जवान पदमा कार्यरत युवकसँगै रिसोर्टमा बास बसेकी उनको शंकास्पद मृत्यु भएपछि आफन्तले उनको हत्या भएको बताएका छन् । डडेल्धुराको...

तराईमा होली आज, हराउँदैछ मौलिकता

तराई क्षेत्रमा फागु पर्व अर्थात् होली आज हर्षोल्लासका साथ मनाइँदैछ । आइतबार देशका पहाडी क्षेत्रहरूमा फागु पूर्णिमा मनाइएको थियो । आज तराईका जिल्लाहरूमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने...

विराटनगरमा विविद्य कार्यक्रम गरी मनायो ६८ औँ प्रहरी दिवस

विराटनगर । ६८ औँ प्रहरी दिवसको अवसर पारेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रहरीले शुक्रबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । आज विहान बिराटनगरको महेन्द्र चोकमा रक्तदान कार्यक्रम...

४६ जिल्लाको मतपत्रको छपाइ सकियोः निर्वाचन आयोग

काठमाडौं, ५ वैशाख । निर्वाचन आयोगले हालसम्म ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको जानकारी दिएको छ । ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ गरिसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए...

चीनले भन्याे, ‘कालापानी नेपाल र भारतबीचको मुद्दा हो’

काठमाडौं, ७ जेठ-चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रष्ट्याएको छ । चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा राखेका हुन् । प्रवक्ता लिजानले भारत र...

रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु

बुटवल,  ११ कात्तिक-कोरोना संक्रमणका कारण रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पतालका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्