काठ तस्करी गर्न टिपर प्रयोग, सःमिल सञ्चालक पक्राउ

 न्यूज विराट
काठ तस्करी गर्न टिपर प्रयोग, सःमिल सञ्चालक पक्राउ

विराटनगर । पूर्वको साझेदारी र सामुदायिक वन क्षेत्रमा काठ मिल सञ्चालकको मिलेमतोमा व्यापक चोरी–तस्करी हुने गरेको पाइएको छ ।

तस्करको समूहले घना जङ्गलभित्र टिपर लगेर रातको समयमा सालको काठ चोरी–तस्करी हुने गरेको पाइएको हो । सशस्त्र वन सुरक्षा सलकपुरको टोलीले शनिबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–१ हरैँचाबाट चोरी–तस्करी भएर टिपरमा लोड भएको ठूलो परिमाणको सालको काठ बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको छ ।

सशस्त्र वन सुरक्षाको टोलीले केराबारी गाउँपालिका–९ र सुन्दरहरैँचा नगरपालिकाभित्र पर्ने लोहन्द्रा केराबारी साझेदारी वनबाट चोरी तस्करी भएर आएको पाँच वटा टुना ३८.९६ क्युफिट सालको काठ सुन्दरहरैँचा–१ हरैँचाबाट बिहान १ बजे बरामद गरिएको सव–डिभिजन वन कार्यालय सलकपुरका सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए । टुना बोकेको को।१ ख ४४२८ नम्बरको टिपर र सुन्दरहरैँचा–१ हरैँचास्थित नेहा स–मिलका सञ्चालक विन्धेश्वर साहलाई पनि नियन्त्रणमा लिएको वन अधिकृत माझीले जानकारी दिए ।

बरामद गरिएको सालको काठ चोरी तस्करी गरी काठ मिलमा ल्याएपछि पक्राउ गरिएको उनले बताए । ‘राति जङ्गलमा टिपर लगेर काठ चोरी–पैठारी गरिएको पाइएको छ । शुक्रबार राति ९ देखि १० बजेतिर टिपरमा काठ लोड गरेपछि हामीलाई विशेष सूचना आएको थियो । हामीले फलो गर्दै मिलमा अनलोड गर्दैगर्दा टिपर र मिल सञ्चालकलाई नियन्त्रणमा लिन सफल भएका छौँ’ वन अधिकृत माझीले भने, ‘टिपर चालक फरार भएका छन् । हामीले खोजी कार्य तीव्र बनाएका छौँ ।’ वनको काठ चोरी–पैठारीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने डिभिजन वन कार्यालय मोरङका प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले बताए । ‘अहिले मिल सञ्चालकलाई नियन्त्रणमा लिइएको छ । वनको काठ चौरी–पैठारीमा संलग्न सबै कारबाहीको दायरामा आउनेछन् । अहिले अनुसन्धान भइरहेको छ’ उनले भने, ‘थप अनुसन्धानपछि संलग्न सबै कानूनी फन्दामा पर्नेछन् ।’ मिल सञ्चालक साह पक्राउ परेपछि डिभिजन वन कार्यालयले मिल पनि शिलबन्दी गरी अनुसन्धान सुरु गरेको बताएको छ । ‘अनुसन्धानको प्रक्रियाभरि यो मिल सञ्चालन हुने छैन’ उनले भने, ‘अनुसन्धान प्रक्रिया पूरा गरेपछि अहिले गरिएको शिलबन्दी खुल्नेछ ।’

पक्राउ परेका मिल सञ्चालकलाई डिभिजन वन कार्यालयले वन ऐन अन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको छ । पछिल्लो समय वनरक्षकहरूको अभावका कारण पनि केराबारी, सुन्दरहरैँचा, बेलबारी र कानेपोखरी क्षेत्रको वनबाट काठ तस्करी बढ्दै गएको पाइन्छ । तस्करहरूले काठ मिल र फर्निचर उद्योगमा लगेर बिक्री वितरण गर्दै आएका छन् । सव–डिभिजन वन कार्यालयले चोरी तस्करी बढेको जनगुनासो आएकोले वनको सुरक्षा बढाएको जनाएको छ । राष्ट्रिय सम्पत्तिको रूपमा रहेको वन क्षेत्रको संरक्षणमा सबै लाग्नुपर्ने कार्यालयको भनाइ छ ।

सम्बन्धित समाचार

नेकपा विभाजन नहुने निर्वाचन आयोगको संकेत

काठमाडौं, २५ पुस-नेकपा प्रधानमन्त्री ओली र प्रचण्ड–माधव नेपाल दुवै समुहले आधिकारीक नेकपा आफ्नो भएको दावी गरेपनि कानुनी रुपमा भने विभाजन नहुने संकेत देखिएको छ । केन्द्रदेखि वडा तहसम्म विभाजन भई अलग अलग कार्यक्रम तथा गतिविधि...

सीमा सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री थापा 

डडेल्धुरा, ९ असोज-गृहमन्त्री रामबहादुर थापा (बादल)ले सीमा सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० छाङरु दार्चुलाको उद्घाटन र भवन शिलान्यास गर्दै...

तिहार नजिकिँदै गर्दा भारतबाट अवैध रुपमा भित्रियो पटका

विराटनगर । दशैं सकिएर तिहार नजिकिन लाग्दै गर्दा भारतबाट ल्याउँदै गरेको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ ।रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका...

विराटनगर सिटीका प्रशिक्षकलाई एक वर्षको प्रतिबन्ध

काठमाडौं, १२ जेठ । नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज विराटनगर सिटी एफसीका प्रशिक्षक यान ललाई अनुशासन कारबाही स्वरुप एक वर्षको प्रतिबन्ध लगाइएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको...

लकडाउन थप प्रभावकारी बनाइने

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको लकडाउन प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ । नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई लकडाउनलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको हो । कोरोना सङ्क्रमित थप अर्को व्यक्ति...

पाकिस्तानी प्रधानमन्त्री खानले गरे ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौं, फागुन २१–पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाइरहेको...

प्रचण्डसहित ५ सचिवालय सदस्यले भोलि ९ बजे ओलीलाई भेट्ने

काठमाडौं, २१ कात्तिक-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यले भोलि बिहान ९ बजेट प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको निष्कर्षअनुसार भेटको समय जुरेको हो । प्रधानमन्त्री...

नेकपाको विदेश प्रमुख र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखबीच भिडियो कन्फेरेन्स

काठमाडौं, १७ वैशाख-अहिले विश्व कोरोना भाइरस (कोभिड १९) महामारीको सन्त्रासमा छ ।  कोरोना भाइरसले विश्व लकडाउनमा छ । दैनिक यो भाइरसबाट मृत्यु हुनेहरूको संख्या २ लाखभन्दा बढी पुगि सकेको छ । यसैबीच बुधबार नेकपाका विदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्