२ लाखको भारू साट्दा ८९ हजार नक्कली, ठगी आरोपमा जग्गा कारोबारी पक्राउ

 न्यूज विराट
२ लाखको भारू साट्दा ८९ हजार नक्कली, ठगी आरोपमा जग्गा कारोबारी पक्राउ

विराटनगर । दुई लाख रुपैयाँको भारु साट्दा नक्कली भारतीय रूपैयाँ दिने एक जना जग्गा कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

विरानगर महानगरपालिका २ फुटबल चौकका ४० वर्षीय महेश भन्ने महेन्द्र मेहतालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मेहता जग्गा कारोवारी हुन् ।

उनले कटहरी गाउँपालिका ४ का महादेव पासवानलाई नक्कली भारु पैसाँ दिएर ठगी गरेको आरोप लागेका छ । ठगीमा पर्ने पासवान लामो समयदेखि खुट्टाको विरामी रहेका छन् । उपचारको लागि भारत जाने गरेका थिए । भदौ २० गते उपचारको लागि भारत जाने तयारी गरेका थिए । उपचारको लागि उनलाई भारु रूपैयाँ आवश्यक परेको थियो । चिनेजानेको जग्गा कारोबारी मेहताको घरमा उनी पुगे । उनले २ लाख नेपाली रुपैयाँ दिए । मेहताले २ लाख रुपैयाँ लिएपछि पासवानलाई ५०० र १ सय रुपैयाको भारु ८९ हजार दिएका थिए । ‘मैले दुई लाख रुपैयाँ दिएपछि मेहताले कागजमा पोको पारेर झोलामा हेलर ८९ हजार भारु दिएका थिए । पैसाँ दिदा भारत पुगेपछि खोल्नु भन्दै दिएका थिए । घरमा आएर खोल्दा नक्कली रुपैयाँ रहेछ,’ पासवानले प्रहरीमा दिएको जोहरीमा उल्लेखछ ।

नक्कली रुपैयाँ लिएर ठगीमा परेको भन्दै पासवानले मोरङ प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेपछि मंगलबार मेहतालाई ठगी आरोपमा पक्राउ गरेको छ । पक्राउ परेका मेहतालाई मोरङ प्रहरीले ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘नक्कली भारु रुपैयाँ दिएर ठगी गरेको खुलेको छ,’ उनले भने, ‘अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।’

सम्बन्धित समाचार

प्रदेश १ सरकारले स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

विराटनगर, साउन २९–प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम प्रदेश...

कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि थप सामग्री

सुर्खेत, १९ जेठ-कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेत प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

काठमाडौं, १ असोज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।...

दुहबी सबस्टेशन पुनःसञ्चालनमा

काठमाडौँ, ४ कात्तिक-अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेशन ३८ घण्टापछि पुनः सञ्चालनमा आएको छ । डुबानका कारण मङ्गलबार रातिदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर आज बिहानदेखि सञ्चालनमा ल्याइएको हो ।...

सार्वजनिक यातायातको नियमन गर्न ओटिएमएस लागू

काठमाडौं, ४ मंसिर-मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाईन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागू गरेको छ ।   यातायात सुविधाम नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा...

रतुवामाई नगरपालिकाको छैठौँ नगरसभा सुरु

विराटनगर, फागुन १०–मोरङको रतुवामाई नगरपालिकाको छैठौँ नगरसभा शनिबारदेखि सुरु भएको छ । रतुवामाई नगरपालिकाले वडा नं. ६ सौँठा स्थित बुधबारे बजारमा शनिबार बृहत भेला आयोजना गर्दै आफ्नो छैठौँ नगरसभा सुभारम्भ गरेको हो ।कार्यक्रममा रतुवामाई नगरपालिकाका...

एमाले मोरङको अधिवेशन शनिबारबाट, उद्घाटन प्रधानमन्त्री ओली गर्ने

विराटनगर । नेकपा एमाले मोरङको १० औँ मोरङ जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ । अधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।एमाले जिल्ला समितिले बिहीबार पत्रकार...

देशभर मनसुन विस्तार, आज यी क्षेत्रमा छ भारी वर्षाकाे सम्भावना

देशभर आजकाे माैसम सामान्यदेखि पूर्ण बदली रहनेछ ।  देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । गण्डकी, कर्णाली...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्