विराटनगर विमानस्थल भित्रको होटलमा मनलाग्दी खाद्यबस्तु बिक्री, कारवाही गर्ने मन्त्रीको चेतवनी

 न्यूज विराट
विराटनगर विमानस्थल भित्रको होटलमा मनलाग्दी खाद्यबस्तु बिक्री, कारवाही गर्ने मन्त्रीको चेतवनी

विराटनगर । विराटनगर विमानस्थल भित्रको होटलमा मनलाग्दी रूपमा खाद्यबस्तु विक्री वितरण गर्ने गरेको पाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले विराटनगर विमानस्थलमा बुधबार अनुगमनको क्रममा विमानस्थलभित्र होटलमा मनलाग्दी रुपमा खाद्यबस्तु विक्री वितरण गरेको पाइएको हो ।

विमानस्थल क्षेत्रभित्र तीन वटा होटल तथा रेष्टुरेन्टहरु संचालनमा रहेको छ । मन्त्री किरातीले आकस्मिक रुपमा गरेको अनुगमनको क्रममा व्यवसायीहरुले अधिकतम खुद्रा मुल्यभन्दा बढी मुनाफा राखेर खाद्यबस्तुहरु बिक्री वितरण गरेको सावाग्राहीहरुले गुनासो गरेका थिए । यहाँको होटल तथा रेष्टुरेन्टमा पानी, कफी, जङफुटलगायतका खाद्यबस्तुहरु एमआरपी मुल्यभन्दा झण्डै दोब्बर मुल्यमा विक्री गरेको पाइएको थियो । यहाँको रेष्टुरेन्ट तथा क्याफेले बढी मुनाफा राखेर चिसो पेय पदार्थ, चाउचाउ, बिस्कुट र खानेपानी लगायतका सामान बिक्री वितरण गरेको भेटिएको छ ।

अनुगमनका क्रममा तोकिएको अधिकतम खुद्रा मुल्यभन्दा बढी मुनाफा राखेर खानेकुरा बिक्री वितरण गरेको पार्ईएपछि मन्त्री किरातीले यसलाई तत्काल सुधार गर्न निर्देशन दिएका छन् । जनताले गुनासो सम्बोधन नभएको सुचना प्राप्त भएपछि मन्त्री किरातीले विराटनगर विमानस्थललाई समेत क्यू.आर कोड स्क्यानर राखेर जनताले सिधै मन्त्रालयमा सुचना दिन पाउने प्रणालीको विकास गर्न निर्देशन दिए ।
अनुगमनका क्रममा होटल व्यावसाय सञ्चालकहरुले भाडादर महङ्गो भएका कारण अधिक मुनाफा राखेर सामान बिक्री गर्नुपरेको गुनासो गरे । महङ्गो भाडादरको भार आम जनताले बोक्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै मन्त्री किरातीले बिषय स्पष्ट पारेका थिए । पसल व्यावसाय सञ्चालकहरुले तिर्दै आएको भाडादरको बिषय समेत तत्काल नियमन गर्न मन्त्री किरातीले निर्देशन दिए । मन्त्रीको निर्देशन पश्चात विराटनगर विमानस्थल प्रमुख रिन्जी शेर्पाले पसल व्यावसायीहरुसँग नयाँ सम्झौता गरिने बताए । एमआरपी मुल्यमा खाद्यबस्तु विक्री वितरण गर्न निर्देशन दिए ।
मन्त्री किरातीले यसअघि काठमाडौं अन्तराष्ट्रिय विमानस्थलमा पनि यसै किसिमको अनुगमन गरेका थिए । त्यहाँ पनि सामानमा उल्लेखित अधिकतम खुद्रा मूल्यभन्दा बढी शुल्क लिएको पार्ईएपछि उनले सुधार गर्न निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार

मुख्यमन्त्री कार्कीले शनिबार लिने विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिवार विश्वासको मत लिने भएका छन् ।प्रदेशसभाको चौथो अधिवेशन बुधबारबाट सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने भएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२...

मुम्बईबाट आएका रतुवामाईका एक युवामा कोरोना पुष्टि

विराटनगर, जेठ ५–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाईका युवकमा कोरोना संक्रमण पोजेटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा....

काठमाडाैं महानगरभित्र कोरोना भाइरसको परीक्षणमा तीव्रता

काठमाडौं महानगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ । महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको र्‍यापिड डाइग्नोष्टि (आरडिटी) विधिबाट परीक्षण थालिएको हो ।...

कानुन र संविधान मिच्ने छुट कसैलाई छैन : गृहमन्त्री

विराटनगर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशको नामकरणको विपक्षमा आन्दोलन गर्ने स्वतन्त्रता भए पनि कानुन र संविधान मिच्ने छुट नभएको बताएका छन् । सोमबार गृह मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनको नाममा...

एमाले महानगरको अधिवेशन आज : कोइराला र गिरीको समूह चुनावी मैदानमा

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन आजदेखि सुरू हुँदैछ । एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले उक्त अधिवेशन उद्घाटन गर्नेछन् । अधिवेशन नजिकिएसँगै आकांक्षीहरू चुनावी तयारीमा जुटेका छन् । संस्थापन पक्षबाट वर्तमान...

स्थानीय तहका कर्मचारी आन्दोलित

विराटनगर । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीले संघर्ष जारी राखेका छन् । सरकारले संघीय संसद्मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीले विरोध कार्यक्रम सुरु गरेका हुन्...

समाचार डिलिट प्रकरणः सिरान टेक्नोलोजिजले माफी माग्यो

अनलाइन न्यूज पोर्टलमा प्रकाशित भएको समाचार हटेको प्रकरणमा ‘काठमाडौं प्रेस डटकम’को साइट निर्माण कम्पनी सिरान टेक्नोलोजिज प्रा.लि.ले माफी मागेको छ । ‘११ वर्षअघि सिरान टेक्नोलोजिज प्रालि स्थापना भएपछि हामीले १०० भन्दा बढी न्यूजपोर्टलहरूको सीएमएस निर्माणदेखि...

प्रहरी र सशस्त्र प्रहरीको एकीकृत अनुगमन र मूल्यांकन विधि बनाउँदै गृह मन्त्रालय

काठमाडौं, २४ माघ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको एकीकृत अनुगमन तथा मूल्यांकन कार्यढाँचा बनाउने तयारी गरेको छ । मातहतका दुवै सुरक्षा निकायको एकीकृत अनुगमनले सुरक्षा निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता वृद्धि हुने भन्दै एकीकृत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्