राशिफल

प्रहरी र सशस्त्र प्रहरीको एकीकृत अनुगमन र मूल्यांकन विधि बनाउँदै गृह मन्त्रालय

 न्यूज विराट
प्रहरी र सशस्त्र प्रहरीको एकीकृत अनुगमन र मूल्यांकन विधि बनाउँदै गृह मन्त्रालय

काठमाडौं, २४ माघ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको एकीकृत अनुगमन तथा मूल्यांकन कार्यढाँचा बनाउने तयारी गरेको छ ।

मातहतका दुवै सुरक्षा निकायको एकीकृत अनुगमनले सुरक्षा निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता वृद्धि हुने भन्दै एकीकृत अनुगमन तथा मूल्यांकन कार्य ढाँचा अगाडी बढाउने तयारी गृह मन्त्रालयले गरेको हो ।

सो ढाँचा ६ महिनाभित्र बनाइसक्ने लक्ष्य गृह मन्त्रालयको छ । सोमबार गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना-२०७८ सार्वजनिक गर्दै प्रहरी र सशस्त्र प्रहरी बलको पुनः सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने समेत उल्लेख गरेको छ ।

त्यस्तै प्रहरी कल्याण कोषबाट प्रहरी कर्मचारीहरूलाई प्रदान गरिने सेवा सुविधाको पारदर्शिता एवं प्रभावकारिताका लागि विश्वसनीय लेखा परीक्षण प्रणालीसहितको मापदण्ड/निर्देशिका जारी गर्ने लक्ष्य गृह मन्त्रालयको छ ।

योबाहेक मातहतका निकायको सुधारका लागि गृह मन्त्रालयले २०६ बुँदा सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...