मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत : पक्षमा ८६, विपक्षमा ५ सांसद

 न्यूज विराट
मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत : पक्षमा ८६, विपक्षमा ५ सांसद

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार मुख्यमन्त्री कार्कीले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ८६ सांसदले समर्थन जनाए । राप्रपका ५ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए ।

मतदानमा ९१ सांसदले भाग लिएका थिए ।

शनिबार नेकपा एमालेका २९ र कांग्रेसबाट विद्रोह गरेका ८ जना सांसदहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएको चार दिनमा विश्वासको मत लिएका हुन् । मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिने भएका छन् । राप्रपाले भने विश्वासको मत दिएन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त भएका मुख्मन्त्री कार्कीले नियुक्त भएको चार दिनमा विश्वासको मत लिएका हुन् ।

सत्ता गठबन्धनको निर्णयविपरीत काँग्रेसमा विद्रोह गरेका कार्की आफूसहित कांग्रेसका ८ सांसदलाई विद्रोह गराएर एमालेको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले आइतबार शपथ लिएका थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको २६ गतेसम्मको समयमा कार्कीले एमालेसहितको समर्थनमा र गठबन्धनबाट इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । दुई जनाको ४७–४७ सांसदको दाबी रहेपछि प्रदेश प्रमुखले शनिबार सांसदहरुको हस्ताक्षर सनाखत गराएका थिए । जसमा कार्की पक्षका ४७ सांसदले हस्ताक्षर सनाखत गराए । सोही आधारमा उनी मुख्यमन्त्री भए भने आङ्बो सांसदको हस्ताक्षर सनाखत गराउनै गएनन् ।

सम्बन्धित समाचार

युवा सङ्घद्वारा सांसद गिरीलाई कारबाही गर्न माग

काठमाडौं, २८ जेठ-राष्ट्रिय युवा सङ्घ नेपालले सङ्घीय सांसद सरिता गिरीलाई कारबाहीको माग गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै सङ्घीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको...

लोकतन्त्रको हत्या गर्ने चुनाव चाहिँदैन : नारायणकाजी श्रेष्ठ

नेकपाको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले अलोकतान्त्रिक चुनाव अस्वीकार गर्ने बताए । नेकपाको विरोधसभामा बोल्दै श्रेष्ठले संविधानलाई घात गर्ने चुनाव आफूहरूले ध्वस्त बनाइदिने दाबी पनि गरे । श्रेष्ठले भने, ‘हामीलाई संविधानलाई घात गर्ने चुनाव चाहिएको छैन,...

साउदीमा अनिश्चितकालका कर्फ्यूको अवधि बढाउने निर्णय

एजेन्सी, चैत ३०--साउदी अरबले मुलुकभर लगाएको कर्फ्यू अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को नियन्त्रणका लागि भन्दै साउदी सरकारले अर्को सूचना नआएसम्मका लागि कर्फ्यू जारी राख्ने निर्णय गरेको हो ।...

उदयपुरमै कोरोना परीक्षण गर्न राजनीति दलको माग

उदयपुर, वैशाख १३-उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मुस्लिम समुदायका २८ जनामा कोरोना संक्रमित भेटिएपछि यहाँका राजनितिक दलहरुले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।...

एक हप्ताभित्र कोरोना बिमाको रकम भुक्तानी गर्न विराटनगरका पत्रकारहरुको माग

विराटनगर । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रिसमक्ष बिमाबाट रकम नपाएका...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २२ साउन । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई पहिलो चरणमा खाद्यान्न वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच विराटनगर तीनटोलियास्थित मानव सेवा आश्रममा आश्रित ७८ जनाको...

लकडाउन उल्लंघन गरेकाे आरोपमा ज्ञानेन्द्र शाही पक्राउ

आफूलाई सामाजिक अभियान्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पक्राउ परेका छन् ।लकडाउन उल्लंघन तथा अभद्र व्यवहारसम्बन्धी आरोपमा ललितपुर प्रहरीले शाहीलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेकाे हाे ।  उनीमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पेस...

प्रदेश सरकारलाई २४ लाख बराबरको खाद्य सामाग्री हस्तान्तरण

विराटनगर, चैत २३–उद्योग संगठन र मोरङ व्यापार संघले प्रदेश–१ सरकारलाई २४ लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर संगठन र संघले आज संयुक्त रुपमा २४ लाख रुपैयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्