
नेकपाको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले अलोकतान्त्रिक चुनाव अस्वीकार गर्ने बताए । नेकपाको विरोधसभामा बोल्दै श्रेष्ठले संविधानलाई घात गर्ने चुनाव आफूहरूले ध्वस्त बनाइदिने दाबी पनि गरे ।
श्रेष्ठले भने, ‘हामीलाई संविधानलाई घात गर्ने चुनाव चाहिएको छैन, लोकतन्त्रको हत्या गर्ने चुनाव चाहिँदैन ।’ श्रेष्ठले लोकतन्त्रलाई कार्यकारी बनाउन चुनाव चाहिने भएर पनि गैरसंविधानिक बाटोबाट हुने चुनाव अस्वीकार्य हुने दाबी थियो ।