युवा सङ्घद्वारा सांसद गिरीलाई कारबाही गर्न माग

 न्यूज विराट
युवा सङ्घद्वारा सांसद गिरीलाई कारबाही गर्न माग

काठमाडौं, २८ जेठ-राष्ट्रिय युवा सङ्घ नेपालले सङ्घीय सांसद सरिता गिरीलाई कारबाहीको माग गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै सङ्घीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गरेका हुन् ।

‘संविधानको संरक्षण र पालना गर्ने सपथ खानुभएका सांसद गिरीले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्ध संसद्मा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयंले च्यूत गर्नुभएको हाम्रो सङ्गठनको ठहर रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

सङ्घले गिरीजस्तो गैरजिम्मेवार व्यक्तिलाई संसद् सदस्यबाट अविलम्ब फिर्ता बोलाउनसमेत उनको पार्टीलाई अनुरोध गरेको छ । सङ्घले सांसद गिरीको सङ्घीय संसद् सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए आफ्नो सङ्गठनले गम्भीरतापूर्वक लिने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै युवासङ्घले रुकुमको चौरजहारी तथा रुपन्देहीको गाईफार्ममा घटेका वीभत्स घटनाको निष्पक्ष छानबिन र अनुसन्धान गरी दोषीउपर कारवाही गर्नसमेत माग गरेको छ । यसैगरी अछामको बयलपाटा अस्पतालको जागिरबाट निकालिएका सिदार्थ आउजीको आत्मदाह प्रकरणमा अस्पतालको असंवेदनशीलता र राज्यको उत्तरदायित्वमाथि प्रश्न उठेको सङ्घले जनाएको छ । सङ्घले अस्पताल प्रशासनमाथि छानबिन गर्न र आउजीको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नसमेत माग गरेको छ ।

सम्बन्धित समाचार

वीरगञ्जमा मृत्युपछि २ व्यक्तिमा काेराेना पुष्टि

काठमाडाैं, ३० साउन-पर्साकाे वीरगञ्जमा २ जना व्यक्तिकाे मृत्युपछि काेराेना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएकाे परीक्षणमा बाराका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हाे। दुवै जनाकाे बिहीबार बिहान मृत्यु भएकाे...

स्वर्गीय बन्टी स्मृति भेट्रान्स फुटबल आइतबारदेखि विराटनगरमा हुँदै

विराटनगर । विराटनगरमा ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । विराटनगरको सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेको...

एमालेको घोषणापत्रका ६ संकल्प : भ्रष्टाचार गर्नेलाई कारबाहीदेखि घरमै भत्तासम्म

काठमाडौं, १० वैशाख । प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने, हरेक बस्तीहरूलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने, सडक निर्माण गर्दा यसको दिगोपन, लाभ...

इन्द्रजित राजभण्डारीले पाए स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता

विराटनगर । विराटनगरका इन्द्रजित राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाएका छन् । अमेरिकन स्विमिङ्ग कोचेस् एसोसिएसनले भारतको बैङ्लोरमा फेब्रुअरी १२ देखि १८ फेब्रुअरी आयोजना गरेको लेभल १ देखि ५ लेभलसम्मको कोर्ष पुरा गर्दै राजभण्डारीले स्विमिङ्ग...

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र दुवैलाई बोलाउने

निर्वाचन आयोगले नेकपा (एमाले) र माओवादी केन्द्रलाई पत्र पठाउने तयारी गरेको छ । सर्वाेच्च अदालतले नेकपा नामसम्बन्धी विवादको छिनोफानो गर्दै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो । आयोगले दुई पार्टी एकीकृत भई बनेको नेपाल...

लागूऔषध नियन्त्रण गर्न ‘म सक्छु’ अभियान सुरू

विराटनगर । लागूऔषधको सेवन र कारोबार बढ्दै गएको कारणले अपराधारको घटना हुन थालेपछि प्रहरीले लागूऔषध नियन्त्रण अभियान सुरु गरेको छ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले लागुऔषध न्युनिकरण कार्य योजना ‘म सक्छु’ अभियान सुरू गरेको...

डिग्री क्याम्पसको प्रयोगशालाबाट उपकरण चोरी आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको प्रयोगशालाबाट विभिन्न उपकरण चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, सोही ठाउँका बर्ष २२ का प्रमोद...

चीनमा पानीजहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु

एजेन्सी, १२ असोज । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराइरहेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्